गाउँमै निःशुल्क स्वास्थ्य शिविर

गाउँमै निःशुल्क स्वास्थ्य शिविर
सुन्नुहोस्

दैलेख : जिल्लाको डुंगेश्वर गाउँपालिकाले गाउँ गाउँमा बृहत् स्वास्थ्य शिविर चलाएको छ। गाउँपालिकाको विकट क्षेत्रका बासिन्दालाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर चलाएको हो। दुई स्थानमा सञ्चालन हुने शिविर मंगलबारदेखि सुरु भएको छ। 

गाउँपालिकाका अनुसार बुधबार डुंगेश्वर गाउँपालिका-२ को लाँकुरी स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुनेछ। ​​​​​​​गाउँपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको शिविरमा जिल्ला अस्पतालका मेडिकल अधिकृत डा. प्रयासविक्रम सिजापति सहितको स्वास्थ्यकर्मी खटिएका छन्। 

पहिलो दिन गाउँपालिकाका वडा नम्बर ३ र ४ लाई लक्षित गरेर अवलपराजुल स्वास्थ्य चौकीमा बृहत् शिविर सञ्चालन भएको छ। शिविरमा ग्रामीण क्षेत्रका गर्भवती महिलाहरूका लागि निरन्तर चेकजाँच अल्ट्रासाउण्ड सेवा प्रदान गरिएको छ। 

गर्भवती महिलाहरूले गर्भमा रहेको बच्चाको स्वास्थ्य अवस्थाबारे गाउँमै पुगेको शिविरबाट भिडियो एक्सरेमार्फत जाँच गराएका छन्।  यस्तै प्रजनन् स्वास्थ्य रुग्ण्ता सेवा, अब्ष्ट्रटिक फिस्टुला, पाठेघर खस्ने समस्या भोगिरहेका महिलालाई स्क्रिनिङ, रिंग पेशरी, भीआइए जाँच सेवा उपलब्ध गराइएको छ। 

शिविरमा क्षयरोगका जोखिम समूह तथा स्वास्थ्य सेवाको पहुँच कम भएका समुदायका सक्रिय क्षयरोग खोजपड्ताल कार्यक्रम समेत समेटिएको छ। 

यहि फागुन २७ देखि ३० गतेसम्म जिल्ला अस्पतालमा हुने हाडजोर्नी सम्बन्धी निःशुल्क शल्यक्रिया शिविरलाई लक्षित गरेर गाउँपालिकाले हार्डजोर्नी तथा अर्थोपेडिक सम्बन्धी अप्रेशनका लागि छनौट गर्नेछ। 

गाउँमै निःशुल्क स्वास्थ्य सेवा पाउँदा स्थानीय खुसी भएका छन्। गाउँपालिकाका अध्यक्ष सुन्दरकुमार केसीले गाउँपालिकावासीलाई सरल, सुलभ र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बताएका छन्। 

उनले गाउँपालिकामा १० शय्याको अस्पताल निर्माणका लागि डीपीआर निर्माण भइरहेको बताउँदै निकट भविष्यमा गाउँपालिकाले विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा प्रदान गर्ने बताए। उनले हाल गाउँपालिकाभित्र रहेका चार वटा स्वास्थ्य चौकीमा थप स्वास्थ्य उपकरणहरू व्यवस्थापन गर्ने बताए। 

अस्पतालका मेडिकल अधिकृत सिजापतिले ग्रामीण भेगका महिलाहरूले समाजको डर र लाजका कारण रोग लुकाएर बस्ने गरेको बताए। उनले रोग लुकाएर नबस्न र समयमै उपचार गर्न आग्रह समेत गरे। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.