राकममा बन्दै शिक्षण अस्पताल

राकममा बन्दै शिक्षण अस्पताल
राकमकर्णालीस्थित आधारभूत अस्पतालमा अक्सिजन प्लान्टको उद्घाटन गरिँदै।  हिक्मतबहादुर नेपाली
सुन्नुहोस्

दैलेख : कर्णाली राजमार्गअन्तर्गत दैलेखको राकमकर्णालीमा ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल निर्माणको प्रक्रिया अघि बढेको छ। आठबीस नगरपालिकाको केन्द्र रहेको राकमकर्णालीमा अस्पताल निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको हो।

कर्णाली राजमार्गमा बर्सेनि हुने ठूला दुर्घटनाका कारण घाइतेहरूको उपचारमा समस्या हुँदै आएको छ। सवारी दुर्घटनाका ठूला घटना हुने र घाइतेहरूले समयमै उपचार नपाउँदा मृत्यु हुने समस्या समाधानका लागि सरकारले राकमकर्णालीमा ट्रमा सेन्टर स्थापनाको घोषणा गरेको थियो।

सोही घोषणापछि २०७६ फागुन १० गते दैलेखको आठबिस नगरपालिका र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल स्थापनाका लागि सम्झौता भएको थियो। सम्झौताअनुसार राकमकर्णालीमा ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल निर्माणको प्रक्रिया 

सुरु भएको हो। 

कर्णाली राजमार्गको छेउमा निर्माण हुने यो अस्पताल एकसय शय्याको हुनेछ। अस्पताल निर्माणको प्रक्रिया सुरु भएको र यो संचालनमा आएपछि नागरिकलाई गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध हुनेछ। संघीय सरकारले राकमकर्णालीमा नमुना सहर निर्माणको पनि घोषणा गरेको छ। कर्णाली प्रदेश सरकार र संघीय सरकारको समन्वयमा अब यहाँ शिक्षण अस्पताल निर्माण हुने भएपछि नमुना सहरको पूर्वाधार निर्माणमा पनि टेवा पुग्नेछ। 

अस्पतालको सम्पूर्ण व्यवस्थापन र सञ्चालनको जिम्मा प्रतिष्ठानले लिनेछ। शिक्षण अस्पताल निर्माणका लागि आठबीस नगरपालिका–३ मा ४० रोपनी (दुई हजार एक सय ३० वर्गमिटर) क्षेत्रफल जग्गा व्यवस्थापन भइसकेको नगर प्रमुख तर्कबहादुर बडुवालले बताए। 

उक्त जग्गा नगरपालिका र प्रतिष्ठानको संयुक्त स्वामित्वमा छ। अस्पताल निर्माणको लागि डिपिआर निर्माणको काम भइरहेको नगर प्रमुख बडुवालले बताए। अस्पताल निर्माण तथा सञ्चालनका लागि नगर प्रमुखको संयोजकत्वमा समितिसमेत गठन भइसकेको छ।

हाल नगरपालिकाले राकमकर्णालीस्थित आधारभूत अस्पतालबाट नागरिकलाई सेवा प्रवाह गरिरहेको छ। उक्त अस्पतालबाट प्रदान हुने स्वास्थ्य सेवाहरूमा प्रतिष्ठानले चिकित्सक खटाएको छ। अस्पतालमा एक्सरे, भीडियो एक्सरे, ईसीजी ल्याबसहित अस्पताल फार्मेसी सेवा सञ्चालनमा ल्याइएको छ। विशेषज्ञ सेवा सञ्चालनका लागि अप्रेसन कक्ष तयार तथा आवश्यक भौतिक सामग्री व्यवस्थापन भएको नगर प्रमुख बडुवालले बताए। 

प्रतिष्ठानले राकमकर्णालीको आधारभूत अस्पतालका लागि अक्सिजन प्लान्ट प्रदान गरिसकेको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) बाट प्राप्त अक्सिजन प्लान्ट प्रतिष्ठानले आठबीस नगरपालिकाको आधारभूत अस्पताललाई उपलब्ध गराएको हो। 

अक्सिजन प्लान्ट जडानका लागि नगरपालिकाले ट्रस्ट निर्माण, विद्युतीय प्रसारण ट्रास्फर्म खरिदमा ३२ लाख पाँच हजार रुपैयाँ खर्च गरेको नगरका जनस्वास्थ्य निरीक्षक देवराज तिमिल्सेनाले जानकारी दिए। हालै जडान भएको अक्सिजन प्लान्टको केही दिन अघिमात्र उद्घाटन गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.