हङकङमा ३१ महिनापछि अनिवार्य मास्क लगाउन पर्ने नियम हट्यो
बेइजिङ : हङकङमा ९४५ दिन अर्थात लगभग ३१ महिनापछि अनिवार्य मास्क लगाउन पर्ने नियम हटेको छ। योसँगै विश्वमा कोभिडसँग सम्बन्धित सबैभन्दा लामो प्रतिबन्धको पनि अन्त्य भएको छ ।
हङकङका नेता जोन लीले भने, 'अब हङकङमा भाइरस नियन्त्रणमा छ र फेरि फैलिने कुनै ठूलो सङ्केत छैन।' हङकङमा अनिवार्य मास्क लगाउनुपर्ने नियम जुलाई २०२० मा लागू गरिएको थियो। मास्क नलगाउनेलाई ५२ हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने नियम थियो।
लीले मंगलबार भने, 'मास्क लगाउने बाध्यता हटाएपछि हङकङको अवस्था सामान्यमा फर्किनेछ। यो वर्ष र अर्को वर्ष पनि हामी अर्थतन्त्र र विकासको लागि पूर्ण गतिमा काम गर्नेछौं,' लीले भने।
हङकङले कोरोनासँग लड्न चीनको प्रयासलाई अपनाइरहेको छ। यसमा शून्य कोविड रणनीति पनि समावेश छ। हङकङमा जुन प्रकारको प्रतिबन्ध लगाइएको थियो त्यसले व्यापारलाई धेरै नोक्सान पुर्याएको थियो। बीबीसी