लागुऔषधसहित भारतीय नागरिक पक्राउ

लागुऔषधसहित भारतीय नागरिक पक्राउ
लागुऔषधसहित पक्राउ परेका भारतीय नागरिक अलेमुन हकलाई सार्वजनिक गर्दै प्रहरी । तस्बिर :जिप्रका म्याग्दी
सुन्नुहोस्

बेनी : म्याग्दीको बेनी नगरपालिका–८ कालिपुलबाट एकजनालाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ । भारतको पश्चिम बंगाल घर भई हाल पोखरा बस्ने २८ वर्षीय अलेमुन हकलाई लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरी नायव उपरीक्षक मदन कुँवरका अनुसार हकको साथबाट बरामद गरिएको खैरो हिरोइजस्तो देखिने ६.५ ग्राम लागुपदार्थलाई परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ । 

फागुन १६ गते साँझ पक्राउ परेका हकलाई म्याग्दी जिल्ला अदालतबाट अनुमति लिएर अनुसन्धानका लागि बुधबारदेखि ७ दिनको म्याद थपिएको छ । लागुऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गतको कसूरमा मुद्दा चलाउने प्रक्रिया अघि बढाइएको छ । 

म्याग्दीमा प्रहरीले केही दिनयता लागु औषध दूव्र्यसनीविरुद्ध अभियानले तीव्रता दिएको छ । गत हप्ता पर्वतको जलजला गाउँपालिका–३ वारीबेनीबाट पनि एक जना युवालाई लागुऔषधसहित पक्राउ गरिएको थियो । 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.