भन्सार छलेर भारत लैजाँदै गरेको २० क्वीन्टल सुपारीसहित चालक पक्राउ
![भन्सार छलेर भारत लैजाँदै गरेको २० क्वीन्टल सुपारीसहित चालक पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/supari-_maBVKLN7tP_JHfhCuf4Yi.jpg)
दुई हजार केजी सुपारीसहित गाडी चालक दमक नगरपालिका– १ निवासी २८ वर्षीय मुकेश चौधरीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र रिजालले जानकारी दिए ।
झापा : झापाको मेचीनगरमा सुपारी लोड गाडीसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका– ६ स्थित दक्षिणबाट उत्तर तर्फ लैजाँदै गरेको प्र १–०२–००२ च ५४३२ नम्बरको पिकअप गाडीलाई शंका लागेर चेकजाँच गर्दा भिसिटीएस लगायतको आवश्यक कागजात नभएको दुई हजार केजी सुपारीसहित गाडी चालक दमक नगरपालिका– १ निवासी २८ वर्षीय मुकेश चौधरीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र रिजालले जानकारी दिए ।
सुपारी,गाडी र चालकलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीले बुझाइसकेको डीएसपी रिजालले बताए ।
त्यसैगरी इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर ६ बाट ६० केजी सुपारी पनि बरामद गरेको छ । नेपालबाट अवैध रुपमा भन्सार छलेर भारत तर्फ लैजाँदै गरेको अवस्थामा सो परिमाणको सुपारी बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)