आसिफ र सन्दीपको उत्कृष्ट साझेदारीमा नेपालको सानदार जित
काठमाडौं : आसिफ शेखको उत्कृष्ट ब्याटिङमा नेपाल विजयी भएको छ। युएईमा भइरहेको आईसीसी विश्वकप लिग-२ अन्तर्गत पीएनजीविरुद्धको खेलमा नेपाल तीन विकेटले विजयी भएको हो।
नेपालका लागि ओपनर ब्याट्सम्यान आसिफले अविजित ८६ रन बनाए। आठौं विकेटका लागि क्रिजमा आएका सन्दीप लामिछानेले उत्कृट साझेदारी खेलेपछि नेपालको विजयी सुनिश्चित भएको हो। लामिछानेले ३५ रन बनाएर अविजित रहे।
त्यसअघि कुशल मल्लबाहेक कसैले दोहोरो अंक जोड्न सकेका थिएनन्। मल्लले २३ रन बनाएका थिए। टस जितेर ब्याटिङ गेरको पीएनजीले निर्धारित ओभरको खेलमा सबै विकेट गुमाएर १७९ रन बनाएको थियो।
यससँगै नेपालको ग्लोबल क्वालिफायर्समा पुग्ने सम्भावना जीवितै रहेको छ।
प्रतिक्रिया दिनुहोस !