मलेसियामा बाढी, ४० हजारभन्दा बढी विस्थापित

मलेसियामा बाढी, ४० हजारभन्दा बढी विस्थापित
सुन्नुहोस्

समाज कल्याण विभागका अनुसार जोहोरमा मात्रै ३७ हजारभन्दा बढीलाई बाढी राहत केन्द्रमा सारिएको छ । प्रायद्वीपीय मलेसियाको पाहाङ, नेगेरी सेम्बिलान, मलक्का राज्यमा न्यून सङ्ख्यामा उद्धार गरिएको छ ।

मलेसिया : मलेसियाको जोहोर राज्यमा आएको बाढीका कारण शनिबारसम्म ४० हजारभन्दा बढी मानिस विस्थापित भएका सरकारी तथ्याङ्कले देखाएको छ ।

समाज कल्याण विभागका अनुसार जोहोरमा मात्रै ३७ हजारभन्दा बढीलाई बाढी राहत केन्द्रमा सारिएको छ । प्रायद्वीपीय मलेसियाको पाहाङ, नेगेरी सेम्बिलान, मलक्का राज्यमा न्यून सङ्ख्यामा उद्धार गरिएको छ ।

गत बुधबार जोहोरमा बाढीको पानीले बगाएको कारभित्र एक व्यक्ति मृत अवस्थामा फेला परको थियो । 

त्यसपछि जोहोरको सेगामत जिल्लाका प्रहरी अधिकारी अहमद जामरी मरिन्साहले थप दुई जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

अग्नि तथा उद्धार विभागका उपमहानिर्देशक एडविन गालान टेरुकीले प्रभावित क्षेत्रको भ्रमणपछि जोहोरमा बाढी नियन्त्रणका लागि हेलिकप्टर र थप उद्धार डुङ्गा पठाइएको जानकारी दिए ।

देशैभर बाढीको अवस्था बिग्रिएमा थप जनशक्ति र उपकरण परिचालन गर्न विभाग तयार रहेको तेरुकीले बताए। यसैबीच, मौसम विभागले सप्ताहन्तमा निरन्तर भारी वर्षा हुने चेतावनी दिएको छ र सर्वसाधारणलाई चेतावनीलाई सावधानीपूर्वक लिन आग्रह गरेको छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.