सुदूरपश्चिमका मुख्यमन्त्री शाह विश्वासको मत लिँदै (लाइभ)


धनगढी : सुदूरपश्चिम प्रदेश सभा बैठक सुरू भएको छ।  प्रदेशसभामा मुख्यमन्त्री कमलबहादुर शाहीले विश्वासको मत लिँदैछन्। शाहले प्रदेश सभामा विश्वासको मतको प्रस्ताव पेश गरेका छन्। बैठक जारी छ।

मुख्यमन्त्री शाहलाई बहुमतका लागि २७ सांसद आवश्यक पर्छन्। 

५३ सदस्यीय प्रदेश सभामा कांग्रेसका १९,एमालेका १०,माओवादीका ११ (सभामुखसहित),नागरिक उन्मुक्तिका सात,नेकपा (एकीकृत समाजवादी)का चार र राप्रपा एक तथा स्वतन्त्र सांसद एक जना छन्। 

नेकपा एमालेले भने विश्वासको मत नदिने भएको छ। यसअघि शाहलाई विश्वासको मत नदिने अडानमा रहेका माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले भने सहयोग गर्ने भएका छन्।

तत्कालीन मुख्यमन्त्री राजेन्द्रसिंह रावलले  प्रदेशसभाबाट बहुमत नपाएपछि संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभामा सबैभन्दा ठूलो दल कांग्रेस संसदीय दलको नेताको हैसियतले शाह गत माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

त्यतिबेला नागरिक उन्मुक्ति पार्टीले साथ नदिँदा एमाले नेतृत्वको प्रदेश सरकार सोही दिन ढलेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.