होलीमा हाजिरीजवाफ
महोत्तरी : होली पर्वका अवसरमा औरही नगरपालिकास्थित विषहरामाई बचत तथा ऋण सहकारी संस्थाले हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरेको छ।
संस्थाले सञ्चालन गरेको सो प्रतियोगितामा सनराईज ईंगलिश बोर्डिग स्कुल प्रथम भएको छ। स्थानीय रामविलाश चन्देश्वर यादव जनता मावि टिम्कियामा सम्पन्न भएको सो हाजिरीजवाफ प्रतियोगितामा रामविलाश चन्देश्वर जनता मावि दोस्रो र चिल्ड्रेन ग्लोरी मावि तेस्रो स्थान हासिल गरेका छन्।
नगरभरिका ६ वटा मावि सहभागी रहेको सो प्रतियोगितामा चार सामुदायिक र २ निजी विद्यालयले सहभागिता जनाएको संस्थाका सचिव रामनारायण साहले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !