सदन निर्माणका लागि दुई करोडको जग्गादान
सिरहा : लहान नगरपालिका-८ मा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष श्याम साह (भोरेभोर)ले दुई करोड मूल्य बराबरको दुई कठ्ठा जग्गादान गरेका छन्।
सोनार समाजको अतिथि सदन निर्माणका लागि जग्गादान गरेका छन्। सोनार समाजले आयोजना गरेको होली मिलन कार्यक्रममा जग्गादान गर्ने वडाअध्यक्षलाई सम्मान गरिएको छ।
दान गरिएको जग्गा लहान-७ मा छ। जसको मूल्य बजार भाउ अनुसार करिब २ करोड पुग्छ। ‘आफ्नो सुमदायको विकासका लागि जग्गादान गरेको छु,’ वडाअध्यक्ष साहले भने,‘अब भवन निर्माणमा पनि भूमिका रहनेछ।’
यस समुदायको पछाडि रहेका परिवारलाई आर्थिक उपार्जन र रोजगारी दिनका लागि पनि समाजले भूमिका खेल्ने र सदन निर्माण भएपछि सहयोग पुग्ने समाजका माइन्जन देवनारायण साहले बताए।