भारतीय नोटसहित पक्राउ परेका ९ जना सार्वजनिक

महोत्तरी: भारतीय नोटसहित पक्राउ परेका नौ जनालाई प्रहरीलले सार्वजनिक गरिएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरी जलेश्वरमा सोमबार उनीहरुलाई सार्वजानिक गरिएको हो।
पक्राउ पर्नेहरुमा जलेश्वर नगरपालिका ३ का ४३ वर्षीय जितेन्द्र कुमार सिंह, वर्ष ४० का सुशिल साह, १९ वर्षीय धिरज मण्डल, ३२ वर्षीय जिलानी अंसारी, वर्ष ३४ का अकवर अंसारी, वर्ष ५६ का रामएकवाल मण्डल छन् । यस्तै सोही कार्यमा संलग्न जलेश्वर नगरपालिका २ का ३४ वर्षीय सरोज कुमार साह, २७ वर्षीय आनन्द कुमार र भारत बिहार, मोतिहारी जिल्ला मोठलिईया हरसिद्दी थाना ३ बस्ने ३३ वर्षीय जितेन्द्र कुमार महतो रहेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तोष पोखरेलले जानकारी दिए ।
महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी पोखरेलका अनुसार उनीहरुलाई महोत्तरीको जलेश्वर नगरपालिका ३ मलिवारा बजार स्थितमा अवैध रुपमा नेपाली नोटबाट भारतीय नोट सटही गरिरहेको अवस्थामा पक्राउ गरिएको हो ।
उनीहरुको साथबाट प्रतिबन्धित भारतीय रुपैयाँ १४ लाख ३७ हजार ६४० र नेपाली रुपैयाँ ८२ हजार २०५ बरामद गरेको डिएसी पोखरेलले जानकारी दिए ।
विदेशी विनियम ऐन २०१९ अन्तर्गत आवश्यक कारवाहीको लागि उनीहरुलाई राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइने जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
