कौडा खेलिरहेको अवस्थामा धुलिखेलबाट नौ जना पक्राउ

काभ्रे : धुलिखेल नगरपालिका-३ स्थित ग्रेस होटलमा कौडा खेलिरहेको अवस्थामा सोही नगरपालिका-५ बस्ने २७ वर्षीय महेन्द्र दाहाल समेत ९ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त होटलमा कौडा खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७३ हजार ३२ रुपैयाँ र १६ थान कौडासहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस !
