जनकपुरधामका प्रमुख साहलाई यस वर्षको महामूर्खको उपाधि

जनकपुरधामका प्रमुख साहलाई यस वर्षको महामूर्खको उपाधि
सुन्नुहोस्

जनकपुरधाम : जनकपुरधाममा एउटा यस्तो महोत्सव हुन्छ, जहाँ महामूर्ख बन्न तछाड मछाड हुन्छन्। जो सबैको सामुन्ने विना कुनै संकोच भन्न र स्विकार गर्छन, कि म ‘महामूर्ख’ हु। 

जनकपुरधाममा हुने एउटा सम्मेलन, जहाँ सबैभन्दा ठूलो मूर्ख अर्थात (महामूर्ख) को उपाधि लिन तछाड-मछाड हुन्छ। त्यो महामूर्खको उपाधि लिन सामान्य व्यक्ति मात्र नभई समाजमा ‘विद्वान’ कहलिएका राजनीतिकज्ञ, बुद्धिजीवि, लेखक, साहित्यकार, कलाकार, पत्रकार नेताहरू बीच प्रतिस्पर्धा हुन्छ।

प्रतिस्पर्धामा उत्रिने मध्ये एकजनाले ‘महामूर्ख’को उपाधि पाउँछन् भने अन्य प्रतिस्पर्धीहरू विभिन्न शीर्षकमा ‘मूर्ख’ को उपाधि पाउँछन्। 

यसैबीच महामूर्ख सम्मेलन २०७९ मा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह ‘महामूर्ख’ भएका छन्। 

जनकपुरधाम स्थित मिथिला नाट्यकला परिषद्ले (मिनाप) प्रत्येक वर्ष आयोजना गर्ने व्यङग्यात्मक सांस्कृतिक कार्यक्रममा महामूर्ख सम्मेलनमा महजोडी सहित १३ जनालाई अन्य उपाधि प्रदान गरिएको छ। 

को को मूर्ख, अनि के उपाधि

यसवर्ष सञ्चारकर्मी ऋषि धमलालाई पटमूर्ख, सञ्चारकर्मी वीरेन्द्र रमणलाई सोटाचन्द, महोत्तरीको मटिहानी नगरपालिकाका नगर प्रमुख हरिप्रसाद मण्डललाई वैशाखनन्दन, तमलोपा नेतृ विभा ठाकुरलाई गन्धपसारैन, पूर्वखेलाडी अरुण लाल कर्णलाई खबसुरता, याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक संजय झालाई लोढाशंकर, व्यवसायी बलराम साहलाई बज्रसोटा, अधिवक्ता रेखा झालाई मनटुटिया, इन्जिनियर रत्नेश्वरलाल कर्णलाई डपोरशंख, कवियत्री किरण झालाई टुनमुसरी, मधेश प्रदेशको वन मन्त्रालयका कर्मचारी लालबाबु यादवलाई हराशंख र मोनाष्टिक माध्यमिक विद्यालयका निर्देशक डा. सोनुकुमार साहलाई बज्रकिट लगायतको हास्यास्पद उपाधि प्रदान गरिएको थियो।

महामूर्खको उपाधि पाएपछि नगरप्रमुख साहको अनुहारमा अनौठो मुस्कान देखिएको थियो। उनलाई प्रशस्ती पत्र, लाटोकोसेरोको मुकुट, मालाले सुशोभित गरी सम्मान गरिएको छ।

यी हुन् हालसम्मका महामूर्ख 

२०६१ सालबाट हुँदै आएको महामूर्ख सम्मेलनमा पहिलो महामूर्खको उपाधि मैथिली कवि नरेश ठाकुर, २०६२ मा एमाले नेता शीतल झा, २०६३ मा जनकपुर नगर पालिकाका तत्कालीन मेयर हरि बहादुर बिसी, २०६४ मा सद्भावना नेता ओमकुमार झा, २०६५ मा बरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल, २०६६ मा पूर्वमन्त्री एवं नेकपाका नेता रामचन्द्र झा भएको थिए। 

२०६७ मा नेपालका चर्चित राजनीतिक विश्लेषक सिके लाल, २०६८ मा साहित्यकार रामभरोष कापडि़ भ्रमर, २०६९ मा नेपाली काँग्रेस धनुषाका सभापति रामसरोज यादव, २०७० मा तमलोपाका पूर्वसभासद डा. विजयकुमार सिंह र २०७१ मा एमाले नेताएवं सांसद शत्रुधन महतोलाई प्रदान गरिएको थियो। 

यसैगरी २०७२ सालमा स्मशान घाट (स्वर्गद्वारी) बनाएर चर्चा बटुलेका पवन सिंघानियालाई महामूर्खको उपाधि प्रदान गरिएको थियो भने २०७३ सालमा मधेस आन्दोलनका कारण कार्यक्रम स्थगित गरिएको थियो। 

गतवर्ष अर्थात २०७४ सालमा राष्ट्रियसभा सदस्य एवं राजपाका उपाध्यक्ष वृषेशचन्द्र लाल, २०७५ सालमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह र २०७६  मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दी, २०७७ सालमा महजोडी मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य एवम् २०७८ सालमा अर्थविद डा. भोगेन्द्र झालाई महामूर्खको उपाधि प्रदान गरिएको थियो।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.