चौपाया तस्करी गरेको आरोपमा पक्राउ

महोत्तरी : अवैध रुपमा भारततर्फ लैजाँदै गरेको अवस्थामा महोत्तरी प्रहरीले २५ वटा पशुसहित १ जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार नेपालबाट भारतर्फ लैजाँदै गरेको अवस्थामा २३ वटा गाई र २ वटा गोरुसहित १ जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा सम्सी गाउँपालिका २ का ४५ वर्षीय शेष इजराइल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए । पक्राउ परेका इजरायल प्रहरी नियन्त्रणमा रहेका छन् भने पशु चौपायालाई जलेश्वर भन्सार कार्यालय मलिवारा पठाइएको प्रहरी निरीक्षक राईले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !
