स्ववियु निर्वाचनको माग गर्दै ठाकुरराम क्याम्पसमा तालाबन्दी
वीरगन्ज: ठाकुरराम बहुमुखी क्याम्पसमा स्थगित स्ववियु निर्वाचन निर्धारित मिति (चैत८) मै गराउन विधार्थी संगठनले माग गरेका छन्।
नेविसंघ, विद्यार्थी जनमत संघ, अनेरास्ववियु , लोकतान्त्रिक विद्यार्थी संघ, बालकुमार यादव समूह, शिवराम प्रजापति समूह र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघले चैत ८ मै निर्वाचन हुनु पर्ने माग गर्दै क्याम्पसका विभिन्न शाखामा तालाबन्दी गरेका छन् ।
चैत ८ मा तोकिएको स्ववियु निर्वाचन राजनीतिक दलको सहमतिमा क्याम्पस प्रशासनले हाललाई स्थगित गरी आगामी जेठ १३ गते गर्ने निर्णय गरेको थियो।
निर्वाचन स्थगित भएपछि विद्यार्थी संगठनले बिहिबार क्याम्पस प्रमुखको कार्यकक्ष, परीक्षा शाखा र लेखा शाखामा तालाबन्दी गरेका हुन्।