डीएल मेथडमा यूएईलाई हराउँदै विश्वकपको ग्लोबल छनोटमा पुग्यो नेपाल

डीएल मेथडमा यूएईलाई हराउँदै विश्वकपको ग्लोबल छनोटमा पुग्यो नेपाल
सुन्नुहोस्

काठमाडौंः आईसीसी विश्वकप क्रिकेट लिग २ को त्रिदेशीय एकदिवसीय शृंखलाको अन्तिम खेलमा यूएईलाई डकवर्थ लेविस (डीएल) मेथडमा पराजित गर्दै नेपाल एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा पुगेको छ।

खराब प्रकाशका कारण ४४ ओभरमा रोकिएको खेलमा नेपालले डीएल मेथडमा पाएको दुई  सय ६७ रनको लक्ष्यभन्दा दुई रन धेरै बनाएको थियो। डीएलमेथडमा नेपालले ९ रनको जित निकाल्दै जिम्बाब्वे यात्रा तय गर्यो।

null

नेपालका लागि कुशल भुर्तेलले ३५ बलमा तीन चौका र चार चौकासहित ५० रनको अर्धशतकीय इनिङ खेलेका थिए। यस्तै, भीम सार्की ७६ बलमा ९ चौकासहित ६७ रनको अर्धशतकीय इनिङ खेलेर आउट हुँदा आरिफ शेखले ६२ बलमा दुई चौकासहित ५२ रनको महत्त्वपूर्ण इनिङ खेले।

यस्तै, गुल्शन झा ५० रनमा अविजित रहँदा दीपेन्द्रसिंह ऐरीले अविजित १० रन बनाएका थिए।

यूएईका लागि जुनेद सिद्धिक्वीले सर्वाधिक तीन, आयान खानले दुई तथा जहुर खानले एक विकेट लिए।

त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको यूएईले ६ विकेट गुमाएर तीन सय १० रनको योगफल तयार गरेको थियो।

May be an image of outdoors and text that says 'CAN'

यूएईका लागि छैटौं नम्बरमा क्रिजमा उत्रिएका आसिफ खानले ४१ बलमा चार चोका र ११ छक्कासहित आक्रमक शतक बनाएर अविजित रहे। आसिफसँग छैटौं विकेटका लागि एक सय ३५ रनको साझेदारी गरेका वृत्या अरविन्दले एक सय ३८ बलमा आठ चौका र दुई छक्कासहित ९४ रनको इनिङ खेले।

त्यसअघि कप्तान मुहम्मद वासिम ४९ बलमा दुई चौका र ६ छक्कासहित ६३ रनको अर्धशतकीय इनिङ खेलेर पभिलियन फर्केका थिए। त्यसबाहेक यूएईका अन्य ब्याटरले उल्लेख्य संख्यामा रन बनाउन सकेनन्।

नेपालका लागि दीपेन्द्रसिं ऐरीले आठ ओभरमा १९ रन खर्चेर दुई मेडनसहित दुई विकेट लिए। यस्तै, ललित राजवंशी, सोमपाल कामी र सन्दीप लामिछानेले एक-एक विकट लिए।

null

सन्दीपले १० ओभरमा ८०, सोमपाल कामीले ९ ओभरमा ७४ र गुल्शन झाले ६३ रन खर्चेका थिए।

जितसँगै लिग २ मा तेस्रो बनेको नेपालले जिम्बाब्वेमा हुने विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। स्कटल्यान्ड यसअघि नै लिग २ च्याम्पियन बनिसकेको छ भने ओमान दोस्रो भइसकेका छन्। नेपालले दुई खेल अगावै एकदिवसीय मान्यता जोगाइसकेको थियो।

ग्लोबल छनोटमा नेपालले जिम्बाब्वे, नेदरल्यान्ड्स, ओमान र स्कटल्यान्डसँग खेल्ने निश्चित छ भने बाँकी पाँच टिमको टुङ्गो लाग्न बाँकी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.