फोहोर व्यवस्थापनमा नमुना ‘नमुना पार्क’

फोहोर व्यवस्थापनमा नमुना ‘नमुना पार्क’
सुन्नुहोस्

तत्कालीन भीरकोट नगरप्रमुख छायाराम खनालले फोहोरमैला व्यवस्थापनसँगै पार्क निर्माणको कल्पना पनि अघि बढाएका हुन्।

स्याङ्जा : भीरकोट नगरपालिका–१ स्थित सिसौघारीमा निर्मित नमुना पार्क हिजोआज सबैको आकर्षणको केन्द्र बनेको छ। बालक, युवा, प्रौढदेखि वृद्धसम्म सबैको मनै लोभ्याउने गरी पार्क निर्माण भएको छ। 

फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणसँगै नमुना पार्क बनाइएको हो। पार्कमा जान सबै वर्गका लागि सहज छ। फोहोरमैला व्यवस्थापनमा समेत नमुना बनेको छ पालिका।  

तत्कालीन भीरकोट नगरप्रमुख छायाराम खनालले फोहोरमैला व्यवस्थापनसँगै पार्क निर्माणको कल्पना पनि अघि बढाएका हुन्। 

नगरको फोहोरमैला व्यवस्थापन गर्दै गर्दा दुर्गन्ध बढेर रोग निम्त्याउँछ भन्दै स्थानीयले विरोध जनाएपछि तत्कालै नगरप्रमुख खनालले फोहोरमैलाको उचित व्यवस्थापनसँगै (बालबाटिका) एवं भीरकोट पार्क बनाउने गरी योजना अघि सारेर एकै पटक दुवै काम सँगसँगै सुरु गरेको नगर प्रवक्ता दीपेन्द्र केसीले बताए।

‘भीरकोट बालमैत्री नगर हो। बालवाटिकाको कल्पनासँगै निर्माण गरिँदै जाँदा आज जिल्लाकै रमणीय र नमुना पार्क बनेको छ। अवलोकन, वनभोज र रमाइलो भेटघाटका लागि यहाँ आउने मानिस धेरै हुन्छन्। सार्वजनिक बिदाका दिन मानिसको भीड थेगिसक्नु हँुदैन।’ उनले भने, ‘फोहोरमैला व्यवस्थापनबारे अध्ययन, अवलोकन र सिकाइका लागि पनि धेरै जिल्लाबाट यहाँ आउने गरेका छन्।

स–साना बालबालिकदेखि वृद्धसम्मका लागि आउन सजिलो भएकाले धेरै मानिसहरू यहाँ आउने गरेका हुन्छन्। सार्वजनिक बिदाका दिन यहाँ मानिसको भीड थेगिसक्नु हुँदैन पालिकाका कर्मचारी चिरञ्जीवी अधिकारी भन्छन्। उनले भने, ‘यहाँ बाहिरी जिल्लाबाट समेत आएर फोहोरमैला व्यवस्थापनसम्बन्धी अध्ययन, अवलोकन गरेर फर्किने गर्छन्।’ फोहोरमैला व्यवस्थापन केन्द्रका लागि १७ रोपनी, पार्क निर्माणका लागि १४ रोपनी र करिब ३० रोपनी व्यक्तिको जग्गा लिएर ६१ रोपनी क्षेत्रफलमा नगरपालिकाले पार्कसहित फोहोरमैला व्यवस्थापन गर्दै आएको छ। फोहोरमैलाका लागि छुट्टै भवन निर्माण गरिएको छ। 

जहाँ कुहिने, नकुहिने, सिसाजन्य वस्तु राखिएका हुन्छन्। 

कुहिने फोहोरबाट मल उत्पादन गरी पार्क बनाइएको हो। पार्कभित्र विभिन्न किसिमका फलफूल, वृक्ष, दुबो लगाइएको छ। नकुहिने वस्तु बिक्री गरेर आम्दानी गरिएको छ। 

२०७६ सालमा निर्माण सुरु भएको हो। नगरपालिकाले दुई करोडको लगानीमा पार्क निर्माण गरेको हो। पार्कको प्रवेशद्वार निर्माणका लागि भने गण्डकी प्रदेश सरकारको सहयोग रहेको प्रवक्ता क्षेत्रीको भनाइ छ। यहाँ फूलबारी, रुखहरू, क्यारी, दुवैको बगैंचा, बस्न र खेल्नका लागि कुर्सी, ट्रस्ट, पोखरी, रमणीय र सुन्दर बगैंचा छ। 

वनभोज खान आउनेका लागि छुट्टै जग्गा छ। बगैंचा÷फूलबारीमा बसेर रमाइलो गर्न सकिन्छ। यहाँ घुम्न र वनभोजलगायतका लागि अन्य पालिकासँगै बाहिरी जिल्लाबाट समेत आउने गरेको नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले बताए। जिल्लाकै नमुना पार्क बनाउने अभियानमा रहेको प्रमुख कर्माचार्यको भनाइ छ। 

जिल्लाको मध्यभागमा भीरकोट नगरपालिका रहेको छ। सिद्धार्थ राजगमार्गबाट करिब पाँच सय मिटरभित्रै पार्क छ। पार्कभित्र सीसी क्यामेराको सुविधा छ। 

फोहोरमैला व्यवस्थापन र पार्क सुरक्षाका लागि न्यूनतम प्रवेश शुल्क तोकिएको छ। ‘फोहोरमैला व्यवस्थापन कार्य कठिन मानिन्छ। डम्पिङ साइटमा बस्न त के हेर्न पनि निकै समस्या हुन्छ। दुर्गन्धले सताउँछ। तर, त्यसको उचित ब्यवस्थापन गर्न सकियो भने आम्दानीसहित सुन्दर व्यवस्थापन हुने रैछ नि’ महिला नेता इन्दिरा केसी भन्छिन्। 

भीरकोट नगरपालिकाले एकातिरको भवनमा फोहोरमैला व्यवस्थापन गरेको छ। कुहिने, नकुहिने, सिसाजन्य भन्दै छुट्ट्याउँदै आएको छ। कुहिने फोहोरबाट मल उत्पादन गरिएको छ भने नकुहिने मैला बिक्री गरेर आम्दानी गरेको छ। फोहोरमैला यहाँ देखिँदैन। अर्कोतर्फ, भीरकोट नमुना पार्क बनेको छ। 

फोहोरमैलाको उचित व्यवस्थापन गर्न सके दुर्गन्ध होइन सुगन्धसहित आयआर्जन बढाउनुका सकिन्छ भनेर भीरकोट नगरपार्कबाट सिक्न सकिने स्थानीय बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.