स्ववियु निर्वाचन

सिन्धुलीमा अनेरास्ववियु चार, नेविसंघ र क्रान्तिकारी तीन–तीन क्याम्पसमा निर्विरोध निर्वाचित

स्ववियु निर्वाचन

सिन्धुलीमा अनेरास्ववियु चार, नेविसंघ र क्रान्तिकारी तीन–तीन क्याम्पसमा निर्विरोध निर्वाचित
सिन्धुली बहुमुखी क्याम्पसमा स्ववियुको निर्विरोध कमिटीलाई प्रमाणपत्र वितरण गरिँदै । तस्बि : राजन गाउँले

सिन्धुली  : आज देशैभर स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन भइरहेका बेला सिन्धुलीका सबै क्याम्पसमा स्ववियु कमिटि निर्विरोध निर्वाचित भएका छन् । त्रिविबाट सम्बन्धन प्राप्त जिल्लाका १० वटा क्याम्पसमा निर्विरोध कमिटी चयन गरिएको हो । 

जिल्लास्थित विद्यार्थी संगठनले भाडबण्डामा दशवटै क्याम्पसमा सर्बसम्मत कमिटी गठन गरेका हुन् ।  सहमतिअनुसार अनेरास्ववीयुले चार,नेविसंघले ३ र अखिल क्रान्तिकारी विद्यार्थी संगठनले तीनवटा क्याम्पसमा स्ववियुको नेतृत्व पाएका छन् ।

नेकपा माओवादी केन्द्र,नेपाली कांग्रेस, एमाले निकट विद्यार्थी संगठनहरूले सहमतिमा उमेदवारी दर्ता गराएपछि सबै क्याम्पसको कमिटी सर्वसम्मत भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन् । 

प्राप्त जानकारी अनुसार अनेरास्ववियुका तर्फबाट गौमति क्याम्पसको स्ववियु सभापतिमा प्रज्वल तिमल्सिना,सरस्वती क्याम्पस डकाहा दुधौलीको सभापतिमा देबराज गौतम, भिमज्योति क्याम्पस खुर्कोट गोलन्जोरमा लक्ष्मि श्रेष्ठ र तिनपाटन बहुमुखी क्याम्पस भिमस्थानमा प्रेमबहादुर पुलामी सभापतिमा निर्विरोध निर्वाचित भएका हुन् ।

यस्तै नेविसंघका तर्फबाट सिन्धुली बहुमुखी क्याम्पसको सभापतिमा कृष्ण लामिछाने,लाम्पानटार बहुमुखी क्याम्पसको सभापतिमा रामप्रसाद गौतम र त्रिपुरेश्वर क्याम्पस तिनपाटनको सभापतिमा भक्तबहादुर तामाङ निर्विारोध चयन भएका छन् । 

अखिल क्रान्तिकारीबाट शिद्धज्योति शिक्षा क्याम्पसको स्ववियु सभापतिमा गोविन्द पहाडी, मरिण बहुमुखी क्याम्पसको सभापतिमा विज्ञान दोर्जे लामा र सुनकोशी क्याम्पसको स्ववियु सभापतिमा विनिता न्यौपाने निर्विरोध निर्वाचित भएका हुन्।

गएको फागुन २७ गतेका दिन उमेदवारी दर्ता गराउने क्रममा संगठनबीच सहमतिमा उमेदवारी दिइएको थियो ।  उनीहरूलाई सबै क्याम्पसका निर्वाचन अधिकारीले सर्वसम्मत निर्वाचित प्रमाणपत्र दिँदै शपथ ग्रहरण समेत गराएका छन् । सबै क्याम्पसमा स्ववियु कमिटीको पदाधिकारी तथा समावेशी सदस्यमा तीनवटै विद्यार्थी संगठनका उमेदवार निर्विरोध निर्वाचित भएका हुन् । 

सबै क्याम्पसका पदाधिकारी तथा सदस्यमा सिंगलसिंगल उमेदवारी दर्ता भएपछि ती क्याम्पसमा स्ववियु कमिटी निर्विरोध भएको निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको अखिल (क्रान्तिकारी) सिन्धुलीका इन्चार्ज भानुभक्त श्रेष्ठले जानकारी दिए ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.