स्ववियु निर्वाचन

मतपेटिका तोडफोडपछि डोटी बहुमुखी क्याम्पसको निर्वाचन स्थगित

स्ववियु निर्वाचन

मतपेटिका तोडफोडपछि डोटी बहुमुखी क्याम्पसको निर्वाचन स्थगित
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

डोटी : डोटी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित भएको छ। नेपाल कम्युनिष्ट पार्टी नेकपा विप्लव निकट विद्यार्थीले मतपेटिका फुटाएपछि मतदान स्थगित भएको हो।

उनले मत पेटिकालगायत अन्य सामग्री तोडफोड भएकाले मतदान गर्न गराउन सम्भव नभएको निर्वाचन अधिकृत हर्कबहादुर कँडेलले जानकारी दिए।बताए।

मतदाताको परिचयपत्रसमबन्धी सामान्य विवाद भइरहेकै समयमा केहि व्यक्ति भित्र प्रवेश गरी मतपेटिका तोडफोड  गरेका थिए । निर्वाचन करिब ६५ प्रतिसत सम्पन्न भइसकेको निर्वाचन समितिले जनाएको छ ।

डोटी बहुमुखी क्याम्पसमा विद्यार्थी संख्या ८०९ रहेको छ।

निर्वाचन समितिले सूचना जारी गर्दै केही अराजक व्यक्तिले मतपेटिका तथा अन्य सामग्री तोडफोड गरेका कारण निर्वाचन स्थगित भएको जानकारी दिएको छ । 

निर्वाचन हार्ने भएपछि अनेरास्ववियु लगायतका संगठनहरुले अराजक कार्य गरेको नेपाल विद्यार्थी संघले आरोप लगाएको छ । अहिले नेपाल विद्यार्थी संघका नेता तथा विद्यार्थीले सुरक्षा कमजोरका कारण घटना घटेको भन्दै जिल्ला प्रशासन कार्यालय घेराउ गर्दै नाराबाजी गरिरहेको छ । नेविसंघले निर्वाचन सुचारू गर्न माग गरेको छ।

null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.