पाल्पामा अनेरास्ववियु र नेविसंघलाई दुई दुई क्याम्पसमा नेतृत्व

पाल्पामा अनेरास्ववियु र नेविसंघलाई दुई दुई क्याम्पसमा नेतृत्व
सुन्नुहोस्

तानसेन : पाल्पाका चारवटा क्याम्पसमा भएको स्ववियु निर्वाचनमा दुई वटामा एमाले निकट अनेरास्ववियु सर्वसम्मत रूपमा प्यानलसहित विजयी भएको छ। 

एउटामा निर्वाचनमा नेविसंघ सहितको संयुक्त विद्यार्थी प्यानल विजयी भएको छ। अर्कोमा सातवटा विद्यार्थी संगठनले सर्वसम्मत रूपमा नेतृत्व चयन गरेका छन्। 

त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा सहमतिमा स्ववियु पदाधिकारी चयन भएका छन्। सात विद्यार्थी संगठन बीच भएको सहमतिअनुसार नेपाल विद्यार्थी संघले सभापति र दुई सदस्य, नेकपा एमाले निकट अनेरास्ववियुले उपसभापति, कोषाध्यक्ष र दुई सदस्य, अखिल क्रान्तिकारीले सचिव र पाँच सदस्य, नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले सहसचिव र दुई सदस्य, राष्ट्रिय प्रजातान्त्रिक संगठन, अखिल छैटौँ, असंलग्न विद्यार्थी संगठनले एक एक सदस्य चयन भएका हुन्। 

तानसेनको त्रिभुवन बहुमुखी क्याम्पसको स्ववियुको अध्यक्षमा कृष्ण अर्याल, उपाध्यक्षमा अमृत भट्टराई, सचिवमा ताराबहादुर रायमाझी, सह–सचिवमा उमेश भण्डारी, कोषाध्यक्षमा सन्तोष पोखरेल निर्वाचित भएका निर्वाचन अधिकृत जीवन थापाले बताए।  

यसैगरी  सदस्यहरूमा सुदर्शन पाण्डे, इन्दु थापा, मिस्मा राना, सुशील बस्याल, भीम लुंगेली, सृष्टि राष्कोटी मगर, मिलन सारु, सुजिता राना, विज्ञान दूधराज, उज्वल भट्टराई, तुषार कालिकोटा, अंशु ठडराई, विशाल विष्ट, प्रवेश अर्याल स्ववियु सदस्यमा चयन भएका छन्। 

'त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा इतिहास रचिएको छ, यसअघिका स्ववियु निर्वाचनमा नेविसंघ र अनेरास्वियु बीच कडा प्रतिस्पर्धा हुँदै आएकोमा यस पटक भने सबै विद्यार्थी संगठनको सहमतिमा नेतृत्व चयन गरिएको छ,' निवर्तमान स्ववियु सभापति हरिबोल भट्टराईले भने। 

फागुन २७ गते एमाले निकट अनेरास्ववियुले विभिन्न मागहरू राख्दै स्ववियु निर्वाचन कार्यालय र क्याम्पस प्रमुखको कार्यालयमा तालाबन्दी गरेपछि निवर्तमान स्ववियु सभापतिको अग्रसरतामा सर्वसहमतिको प्रयास खोजिएको थियो। करिब एक हप्ता लामो गृहकार्यपछि सबै संगठन स्ववियुमा प्रतिनिधित्व गर्न सहमत भएका हुन। 

सहिद बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेविसंघको नेतृत्वमा संयुक्त विद्यार्थी प्यानल विजयी भएको छ। 

सभापतिमा ल्याकत अली, सचिवमा रमेश पोखरेल र कोषाध्यक्षमा तिलक सारु निर्वाचित भएका छन्। प्रत्यक्ष तर्फ कसम मल्ल ठकुरी, अस्मिता खनाल, कविता राना, जयन्ती दर्जी, महेश राक्से निर्वाचित भएका छन्। 

सहिद बहुमुखी क्याम्पस रामपुरमा नेविसंघ सहितको अखिल क्रान्तीकारी  र एमाले निकट अनेरास्ववियु बीच प्रतिस्पर्धा भएको थियो। 

समानुपातिकतर्फ नेविसंघ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी)ले संगठन दर्ता गराएका छन्। समानुपातिकतर्फ नेपाल विद्यार्थी संघले ३ सय २१, अनेरास्ववियुले २ सय ७६ र अनेरास्ववियु (क्रान्तिकारी ) ले ५१ मत प्राप्त गरेको छ। उपसभापति, सहसचिवसहित ५० प्रतिशत पदाधिकारी समानुपातिक मतका आधारमा चयन हुनेछ।

समानुपातिकतर्फ भने नेपाल विद्यार्थी संघले १०, अनेरास्ववियुले १० र अनेरास्ववियु(क्रान्तिकारी)ले ६ जनाको नामावली पेश गरेका छन्। जसमा नेविसंघबाट ३ जना, अनेरास्ववियुबाट ३ जना र एक जना अनेरास्ववियु क्रान्तिकारीबाट निर्वाचित हुनेछन्। उद्बुद्ध कलेज स्वतन्त्र विद्यार्थी युनियनमा एमाले निकट अनेरास्वियुको प्यान निर्विरोध निर्वाचित भएको छ। 

स्ववियु सभापतिमा केशब पंगेनी( सचिन) उपसभापतिमा कमल बस्याल, सचिबमा कृष्ण झापार्लुक, सह सचिवमा विनिता काम्मु , कोषाध्यक्षमा सविना पंगेनी, सदस्यहरूमा सरिता नेपाली, रमा घर्ती, हेमा हिस्की, विष्णु आचार्य( आकाश), संगिता आचार्य, नेत्र बहादुर पल्ली ( अर्जुन) को प्यानल निर्विरोध चयन भएका निर्वाचन मण्डलका संयोजक सुशील न्यौपानेले जानकारी दिए। 

माण्डव्य क्याम्पस, तानसेन–९ दमकडा, पाल्पामा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा एमाले निकट अनेरास्ववियुका  सरोज अधिकारीको नेतृत्वमा सर्वसम्मत रूपमा प्यानल विजयी भएको छ। माण्डव्य स्ववियु सभापतिमा सरोज अधिकारी, उपसभापतिमा बिन्दु पल्ली, सचिवमा बन्दना सुनार, सहसचिवमा अंकित ढकाल, कोषाध्यक्षमा विष्णु पोखरेल चयन भएका छन्। यसैगरी सदस्यमा  बिन्दु भण्डारी, अमृता देवी बस्याल, कविता भण्डारी र बन्दना पाण्डे चयन भएका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.