बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्ने बताएका छन्।
काठमाडौं महानगरपालिका-८ ले शनिबार काठमाडौंमा आयोजना गरेको सम्मान कार्यक्रममा सभापति थापाले केही स्थानमा स्थानीयसँग यसअघि गरिएका प्रतिबद्धता पूरा नगरी बस्ती खाली गर्ने काम भएको भन्दै सरकारका तर्फबाट भएका कमीकमजोरीलाई सच्याउनुपर्ने बताएका हुन्। लोकतन्त्रमा सरकारले आफूले गरेका निर्णयहरू तलमाथि गर्दिन भनेर सोच्न नहुने उनले बताए।
उनले नागरिकहरूले सरकारका निर्णयमाथि प्रश्न उठाए भने ती निर्णयहरू बदल्ने कुरालाई ठूलो इगोको विषय बनाउन नहुने बताए। सभापति थापाले पशुपति छेउछाउका बस्ती हटाउने विषयमा समेत सरकारले पुनर्विचार गर्नुपर्नेमा जोड दिए।
स्थानीय कला संस्कृति र परम्पराको संवेदनशीलता नबुझिकन हठातमा निर्णय लिए त्यसको प्रभाव व्यक्तिलाई मात्रै नभइ जात्रा, पर्व, संस्कृति, परम्परा सबैलाई पर्ने उनको भनाइ छ। उनले पशुपति नजिकका पुराना बस्तीहरुलाई हटाउने कुरा सँगसँगै थुप्रै कुराहरू मेटिएर जान सक्नेतर्फ सरकारको ध्यानाकर्षण समेत गराउ।
प्रतिक्रिया दिनुहोस !