कांग्रेस महामन्त्री पौडेलको दाबी- क्रियाशील सदस्यको संख्या १० लाख नाघ्छ

कांग्रेस महामन्त्री पौडेलको दाबी- क्रियाशील सदस्यको संख्या १० लाख नाघ्छ

काठमाडौं : नेपाली कांग्रेसमा क्रियाशील सदस्यहरूको अद्यावधिक गर्ने समय सकिएको छ। गत पुससम्म नवीकरण र नयाँ वितरण गरिएका सदस्यहरूको थप विवरण लिएर अद्यावधिक गरिएको थियो।

अद्यावधिकको काम वैशाख १ गतेदेखि जेठ २८ गते मध्यरातसम्म चलेको थियो। ७ लाख ८२ हजार २०९ सदस्य अद्यावधिक गर्नका लागि योग्य थिए। यसमध्ये ५ लाख ३८ हजार ६२२ जनाले वडामार्फत क्रियाशील अद्यावधिक गराएर एनसी आइडी प्राप्त गरिसकेका छन्।

केही हिमाली जिल्ला र विदेशस्थित जनसम्पर्क समिति अन्तर्गतका क्रियाशील सदस्यहरूको अद्यावधिक कार्यलाई थप व्यवस्थित गरिने कांग्रेसले जनाएको छ। नयाँ क्रियाशील सदस्यताका लागि अनलाइनमार्फत हालै आवेदन खुला गरिएको र अनलाइनबाट निरन्तर रूपमा आवेदन दिन सकिने कांग्रेसले जनाएको छ।

 
त्यस्तै महामन्त्री प्रदीप पौडेलले हालसम्म पार्टीका ६ लाख ८७ हजार ९३१ जना क्रियाशील सदस्यको अद्यावधिक प्रक्रिया पूरा भएको बताए। उनले अद्यावधिक हुन बाँकी प्रक्रिया सम्पन्न भएपछि पार्टीको क्रियाशील सदस्य संख्या १० लाख नाघ्ने दाबी गरे।

महामन्त्री पौडेलका अनुसार गत पुस १० गतेसम्म तत्कालीन सदस्यता व्यवस्थापन समितिका संयोजक गगन थापाको नेतृत्वमा सदस्यता नवीकरण सम्पन्न हुँदा १५औँ महाधिवेशनका लागि नयाँ सदस्यता लिएकासहित कूल ७ लाख ८२ हजार २०९ जना सदस्य अद्यावधिकका लागि योग्य थिए। तीमध्ये हालसम्म ५ लाख २८ हजार ६०५ जनाले एनसीआईडी प्राप्त गरी अद्यावधिक प्रक्रिया पूरा गरिसकेको उनले जानकारी दिए।

उनका अनुसार वडा तहबाट अद्यावधिक भएका सदस्यबाहेक वडा बाहिर रहेका १ लाख ४९ हजार ३०९ जनाले स्वयंले अद्यावधिकका लागि आवेदन दिएका छन्। उनीहरूले अझै एनसीआईडी प्राप्त गर्न बाँकी रहेकाले १५औँ महाधिवेशनमा सहभागी हुन एनसीआईडी अनिवार्य हुने उनले स्पष्ट पारे। यद्यपि आवेदन दिएका ती सदस्य स्वतः अद्यावधिक हुने पौडेलले बताए। कारबाहीमा परेका सदस्यबाहेक अरू कसैको अद्यावधिक रोक्ने अधिकार केन्द्रीय सभापति, वडा सभापति वा महामन्त्री कसैसँग पनि नरहेको उनको भनाइ छ।

पौडेलका अनुसार हालसम्म अद्यावधिक भएका सदस्यको कूल संख्या ६ लाख ८७ हजार ९३१ पुगेको छ। यस आधारमा अद्यावधिकका लागि योग्य रहेकामध्ये ९४ हजार ६८१ जनाले मात्रै अझै प्रक्रिया पूरा गर्न बाँकी रहेको उनले बताए। तीमध्ये केहीको मृत्यु भएको, केही विदेशमा रहेको तथा केहीले राजनीतिक कारणले अद्यावधिक नगरेको हुन सक्ने उनको भनाइ थियो।

महामन्त्री पौडेलले १४औँ महाधिवेशनको तुलनामा अहिले पनि धेरै स्थानको सदस्यता विवरण आउन बाँकी रहेको उल्लेख गरे। उनका अनुसार मधेश प्रदेशका ३२ निर्वाचन क्षेत्रमध्ये २४ वटामा सदस्यता नवीकरण नै भएको छैन। त्यस्तै, नयाँ सदस्यता खुलाउने प्रक्रिया पनि अझै सम्पन्न भएको छैन। जनसम्पर्क समितिको विवरण, उच्च पहाडी तथा हिमाली जिल्लाको सदस्यता विवरणसमेत पूर्ण रूपमा प्राप्त हुन बाँकी रहेको उनले बताए।

उनले खोटाङ र बारामा समयसीमा थपिएकाले ती जिल्लाको विवरणसमेत आउन बाँकी रहेको उल्लेख गर्दै सबै विवरण एकीकृत भएपछि नेपाली कांग्रेसको क्रियाशील सदस्य संख्या १० लाख नाघ्ने दाबी गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.