अमेरिका भ्रमण सकेर स्वदेश फर्किए प्रहरी महानिरीक्षक कार्की

अमेरिका भ्रमण सकेर स्वदेश फर्किए प्रहरी महानिरीक्षक कार्की
सुन्नुहोस्

काठमाडौं : प्रहरी महानिरीक्षक दान बहादुर कार्की अमेरिका भ्रमण सकेर स्वदेश फर्किएका छन्। संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलनमा सहभागी भएर उनी स्वदेश फर्किएका हुन्। 

प्रहरी महानिरीक्षक कार्कीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेलगायत वरिष्ठ प्रहरी अधिकृतहरूले स्वागत गरेका थिए।

सम्मेलनका दौरान नेपालको तर्फबाट प्रहरी महानिरीक्षक दान बहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले संयुक्त राष्ट्रसंघ तथा मित्रराष्ट्रहरूका विभिन्न उच्चपदस्थ अधिकारीहरूसँग द्विपक्षीय भेटघाट गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.