सरकार हौसिनु हुँदैन, उम्लिनु हुँदैन, उम्लिए पोखिन्छ : आरेन राई

सरकार हौसिनु हुँदैन, उम्लिनु हुँदैन, उम्लिए पोखिन्छ : आरेन राई

काठमाडौं : श्रम सँस्कृति पार्टीका सांसद आरेन राईले सरकार हौसिन नहुने र उम्लिन नहुने बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद राईले सरकार उम्लिए पोखिने समेत चेतावनी दिए । उनले सरकारले करार कर्मचारीलाई हटाउने तयारी गरेको भन्दै यसलाई रोक्नु पर्ने बताएका छन् ।

उनले देशका लागि ४० वर्षसम्म योगदान गरेर जीवन नै देशका लागि खर्चिएको भन्दै उनले उनीहरुलाई लोकसेवाले प्राथमिकतामा नराखे पनि, श्रेणीविहीन राखे पनि उनीहरुको जीन्दगी देशकै सेवामा गएको बताएका छन् । सांसद राईले उनले प्रश्न गरे, ‘२५ वर्ष, ३५ वर्ष, ४० वर्ष देशका लागि काम गरेको छ, अब लुन्डुङ्ग घर फर्किएर हुन्छ ? राज्यले यस्तो विभेद र अन्यायपूर्ण व्यवहार गरेर हुन्छ ?’ उनले यस्ता कुरामा सरकार सच्चिनु पर्ने समेत सुझाव दिएका छन् ।

उनले पारदर्शितामा सरकार चुकिरहेको समेत आरोप लगाएका छन् । उनले सरकारले ६ वटा अस्पतालमा उपकुलपति नियुक्त गरेको बताउँदै सांसद राईले तर, कहाँ, को र कुन योग्यताका उपकुलपति नियुक्त भए भन्ने कुरामा पारदर्शिता नभएको बताएका छन् । उनले सरकारको पारदर्शिता यो ढङ्गले नहुने समेत बताएका छन् ।

 सांसद राईले सरकारले संविधान संशोधनको तयारी गर्दै गरेको र त्यो कार्यदलमा आफू पनि गएको भए पनि अहिले बहिष्कार गरेर निस्किसकेको बताए । आफ्नो दल श्रम सँस्कृति पार्टी संविधान संशोधन कार्यदलबाट निस्किसकेको जानकारी गराउँदै सांसद राईले संविधान संशोधन सरकारले गर्ने हो भने किसान, मजदुर, विद्यार्थी, महिला, अल्पसंख्यक, आदिवासी जनजाति, मधेसी, थारु, मुस्लिम, दलित र खसआर्य कुन कुन क्षेत्रमा संशोधन गर्ने भन्दै प्रश्न गरेका छन् । संविधानले संशोधनको विषयमा छलफल गर्न सकिने बताउँदै सांसद राईले यसकै नाउँमा संघीयता नराख्ने, प्रदेशसभा नराख्ने, स्थानीय तहलाई तलमाथि गर्ने सरकारले धारेहात लगाएर संविधानमा छेड्खानी गर्ने कोशिस गरिरहेको आरोप समेत लगाएका छन् ।  
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.