संसदको हकमा ‘हनिमुन पिरियड’ सुने जस्तो लाग्दैन, समीक्षा हुनुपर्छ : विपिन आचार्य
काठमाडौं : सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विपिनकुमार आचार्यले सामान्यता सरकारको १०० दिनलाई हनिमुन पिरियड भनिने भए पनि संसदको हकमा हनिमुन पिरियड भनेर सुने जस्तो नलागेको बताएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद आचार्यले संसदले पनि आफ्नो समीक्षा गर्ने बेला भएको बताएका छन् । उनले संसद सुरु भएदेखि अहिलेसम्म सांसदहरुको उपस्थिति कति भयो ? सांसदहरुले प्रस्तुत गरेका संशोधनका कारण विधेयकहरु कति समृद्ध भए ? संसदीय समितिहरुले कति काम गरे ? संसदमा उठेका विषयहरु कति सुनुवाइ भए ? सांसदहरुको प्रस्तुती कस्तो रह्यो ? प्रतिनिधिसभा नियमावलीको उल्लंघन सत्ता र प्रतिपक्षीबाट कति गरे र ती उल्लंघन संसदले कसरी लियो ? लगायतका विषयमा समीक्षा हुनुपर्ने बताएका छन् ।
उनले संसदको गरिमा बढ्दो क्रममा छ कि घट्दो क्रममा ? एउटा सशक्त र समृद्ध संसद यस्तै हुन्छ कि हाम्रो सामुहिक मेहनत पुगेन ? भन्दै संसद नागरिकको निरासालाई आशामा बदल्ने ठाउँ पनि भएकाले हामी सहि दिशामा छौं कि छैनौं ? यी सबै विषयको समीक्षा गर्नका लागि सांसद आचार्यले सभामुख डोलप्रसाद (डीपी) अर्याललाई आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस !