निरंकुशताको लागि कपि–पेस्ट हुन्छ भने हिजो पनि बोल्थ्यौं, आज र भोलि पनि बोल्छौं : निश्कल राई
काठमाडौं : नेपाली कांग्रेसका सांसद निश्कल राईले आफूमाथि लागेको भाषण कपि–पेस्टको विषयमा बुधबारको प्रतिनिधिसभा बैठकमा जवाफ दिएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद राईले हिजो संसदको सम्बोधनमा आफूले कवि ब्रजेश खनालको कविताको अंश साभार गरेको बताउँदै भने, ‘निरंशुकताका लागि कपि–पेस्ट हुन्छ भने हिजो पनि बोल्थ्यौं, आज पनि बोल्छौं र भोलि पनि बोल्ने छौं । यी कविहरुका लागि सम्मान व्यक्त पनि गर्दछु ।’ सांसद राईले आजको प्रतिनिधिसभा बैठकमा आफ्नो जिल्ला इलामका सडकका समस्या समेत उठान गरेका छन् ।
उनले भौति पूर्वाधानमन्त्री इलाम पुगेर मेची राजमार्गको अवस्था अवलोकन गरेपछि आफूलाई सडक सुधारको काम हुने आशा जागेको भए पनि त्यो नभएको गुनासो गरेका छन् । उनले इलामको मेची राजमार्ग अन्तर्गत राजदुवाली र जोगमाइमा सडकको अवस्था अत्यन्तै गम्भीर रहेको बताउँदै बिरामीलाई नजिकैको झापासम्म पुर्याउन समेत समस्या रहेको बताए । उनले पूर्वाधारमन्त्री आफैले अनुगमन गर्दा समेत इलामको समस्या सुनुवाइ हुन नसकेको बताउँदै प्रश्न गरे, ‘के इलामको समस्या सुनुवाइ हुन आफ्नै पार्टीको प्रतिनिधि हुनु पर्ने ?’
प्रतिक्रिया दिनुहोस !