सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिले देश बन्दैन, बर्बादीतिर जान्छ : सांसद शाही
काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का महेन्द्रबहादुर शाहीले सरकारको इतिहास प्रचारले नभई कामले बन्ने बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद शाहीले प्रधानमन्त्रीले संसदबाट नेपाल–भारतको सीमाका विषयमा बोलेको कुरा नसच्याएसम्म विपक्षीको विरोध जारी रहने बताए ।
उनले सरकार सस्तो लोकप्रियता र प्रचारमुखी कामहरुतिर बढी केन्द्रित भइरहेको आरोप लगाउँदै यस्ता गतिविधिले देश नबन्ने बरु बर्बादीतिर लैजाने बताएका छन् । सांसद शाहीले यसका विषयमा बेलैमा सोच्न जरुरी रहेको बताएका छन् ।
उनले संविधान जारी भइसकेपछि पनि विगतमा संसदमा आरोप प्रत्यारोप लगाउने, उग्र गालीमा उत्रिने परिस्थिति भएको र यसले नेपाली राजनीतिको सँस्कारमा केहि फेरबदल आएको बताए । पुराना राजनीतिक पार्टीहरुले केहि गरेनन्, सबै बिगारे, बर्बाद गरे भन्ने भाषण गर्न त सजिलो भए पनि तर आज हामीले के गर्यौं भनेर जवाफ दिन गारो विषय रहेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस !