प्रतिनिधि सभाको बैठक सर्यो
काठमाडौं : प्रतिनिधिसभाको आज विहान ११ बजेका लागि तय भएको बैठक सारिएको छ । बुधबार बिहान ११ बजेका लागि तय गरिएको प्रतिनिधि सभाको बैठक बिशेष कारण सभामुख डोलप्रसाद (डीपी) अर्यालको निर्देशन अनुसार आजै दिउँसो १ बजे बस्ने गरी समय परिवर्तन गरिएको संसद सचिवालयका महासचिव पदमप्रसाद पाण्डेले जानकारी गराएका छन् ।
आजको बैठकमा सभामुख अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची छ । यसै प्रधानमन्त्री बालेन्द्र शाहकोव तर्फबाट कानुन,न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले राष्ट्रिय मानव अधिकार आयोगको अठारौं वार्षिक प्रतिवेदन (२०८१ श्रावण– २०८२ आषाढ मसान्तसम्म) पेश गर्ने कार्यसूचीमा उल्लेख छ ।
मन्त्री गौतमले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८१/०८२ र राष्ट्रिय समावेशी आयोगको सातौं वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८१/०८२ पेश गर्ने छिन् । यसैगरी अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ । साथै बैठकमा विभिन्न सन्धीमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने कार्यसूची छ ।
प्रतिक्रिया दिनुहोस !