कर्णाली सरकारका कांग्रेस मन्त्रीहरुले दिए सामुहिक राजीनामा
वीरेन्द्रनगर : कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चार जना मन्त्रीहरुले सामुहिक राजीनामा दिएका छन् । आज बिहान बसेको मन्त्रि परिषद बैठकमा कांग्रेसका तर्फबाट सहभागी चारै जना मन्त्रीहरुले सामुहिक राजीनामा बुझाएका हुन् ।
प्रदेश सरकारमा सहभागी आर्थिक मामिला तथा योजनामन्त्री राजीवबिक्रम शाह, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, जलस्रोत तथा उर्जा मन्त्री बिजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले सयुक्त रुपमा राजीनामा दिएका हुन् ।
प्रदेश सरकारमा सहभागी रहेर राम्रो काम गर्न नसकेको भन्दै कांग्रेस संसदीय दलको बैठकमा बेला बेला प्रश्न उठिरहेको थियो । स्रोतले भन्यो, ‘कमजोर कार्य सम्पादन भएका मन्त्रीहरुले राजीनामा दिएपछि अब सरकारको नेतृत्व वरिवर्तन वा नयाँ मन्त्री पठाउने बिषयमा छलफल हुन्छ ।’
प्रतिक्रिया दिनुहोस !