नेपाल एयरलाइन्सको झ्याल खुला राख्दा दुई प्राविधिक निलम्बित

नेपाल एयरलाइन्सको झ्याल खुला राख्दा दुई प्राविधिक निलम्बित
सुन्नुहोस्

काठमाडौं : नेपाल एयरलाइन्सका २ प्राविधिक कर्मचारी(जहाजको मर्मत सम्भार सम्बन्धी लाइसेन्स प्राप्त व्यक्ति) निलम्बनमा परेका छन्। 

नेपाल नागरिक उड्डयन प्राधिकरणले उनीहरूलाई निलम्बन गरेको सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए। एयरलाइन्सको वाइडबडि ३३० को दायाँपट्टिको ककपिटको झ्याल खुला राखेको भन्दै उनीहरूलाई कारबाही गरिएको हो। 

शनिबार उडान सक्काएर ह्यांगरमा राखिएको विमानको दायाँ ककपिटको झ्याल रातभरि खुल्ला रहेको थियो। उड्डयन सुरक्षा नियमावली अनुसार पार्किङ वा ह्यांगरमा राखिएको विमानको सबै झ्याल तथा ढोका बन्द गर्नुपर्ने व्यवस्था छ। 

विमानको कुनै झ्याल तथा ढोका खुल्ला राख्दा संकास्पद वस्तु राख्ने सम्भावना हुन्छ भने अर्को उडानका लागि पनि समस्या हुनसक्छ भन्दै भुलले यो उडान सुरक्षा विपरीत भएको बताए। 

‘झ्याल खुल्ला हुँदा भोलिपल्ट जहाजको पुरै जाँच गर्न समय लाग्ने हुन्छ। जहाजको कुनै उपकरणहरू ड्यामेज हुनसक्छ। जहाज निशेधित क्षेत्रमा भएपनि यो ड्युटी इन्जिनियरको जिम्मेवारी हो,’ भुलले बताए।  निलम्बन परेका २ प्राविधिज्ञ करिब १७ वर्षदेखि नेपाल एयरलाइन्समा नै कार्यरत कर्मचारी हुन्।

अन्तराष्ट्रिय उड्डयन संगठन(आइकाओको) पर्सनल लाइसेन्सिङ्ग एनेक्स १ को नियम अनुसार उड्डयन क्षेत्रमा काम गर्ने अनुममति पाइसकेको व्यक्तिले तोकिएको आचारसंहिता पालना गर्नु पर्ने हुन्छ। 

तर उनीहरूले त्यसको विरुद्धमा काम गरिएको पाइएको प्राधिकरणले जानकारी दिएको छ। उनीहरूले जानेर वा बिर्सिएर ककपिटको झ्याल खुला छाडेको भन्ने सम्बन्धमा छानबिन पछि मात्र उनीहरूलाई के गर्ने निर्णय हुने भुलले बताए। 

प्राधिकरण अन्तरगतको एयरवर्दी महाशाखाले यसको छानबिन गर्दैछ। महाशाखाको अर्को निर्णय नहुँदासम्मका लागि उनीहरूलाई निलम्बन गरिएको भुलले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.