कोशी प्रदेश स्तरीय ब्याडमिन्टन संघको तदर्थ समिति गठन

कोशी प्रदेश स्तरीय ब्याडमिन्टन संघको तदर्थ समिति गठन
सुन्नुहोस्

धनकुटा : भेट्रान ब्याडमिन्टन खेलाडी योगेश्वर बहादुर श्रेष्ठको संयोजकत्वमा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन संघ गठन गरिएको छ। 

मंगलबार सदरमुकामस्थित होटल मुर्चुंगामा आयोजित ब्याडमिन्टन खेलाडीहरूको भेलाले श्रेष्ठको संयोजकत्वमा १३ सदस्यीय तर्दथ समिति गठन गरिएको हो। तदर्थ समितिमा प्रदेश भरिका प्रत्येक जिल्लाबाट एक/एक जना समेटिएको छ। 

समितिको सदस्यमा पाँचथरका भवानी बिक्रम आङ्दम्बे, सुनसरीका मणिराज गुरुङ, इलामका इश्वर चिपालु, उदयपुरका राजेश कार्की, ताप्लेजुङका सुरेश सिंघक लिम्बु, झापाका प्रकाश राई, तेह्रथुमका नारायण श्रेष्ठ, मोरङका डिल्लीराज डाँगी, भोजपुरका विशाल तामाङ, धनकुटाका किरण प्रधान छन्। 

त्यस्तै समितिमा सदस्यका रूपमा संखुवासभा र सोलुखुम्बुबाट पछि प्रतिनिधित्व गराइने बताइएको छ। नेपाल ब्याडमिन्टन संघ मातहतको कोशी प्रदेश ब्याडमिन्टन संघको तदर्थ समिति गठन नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठको अध्यक्षता तथा कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष जिना कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.