राष्ट्रियसभा बैठक बस्दै,के छ कार्यसूची ?
काठमाडौं : संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक बस्दैछ। बैठक बुधबार दिउँसो १ बजेलाई बोलाइएको संघीय संसदको महासचिव डा.भरतराज गौतमले जानकारी दिए।
बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने संभावित कार्यसूची छ।
सांसद भुवन बहादुर सुनारले दलित समुदायका विभेद र उत्पीडनहरूको अन्त्य गरी सामाजिक-सांस्कृतिक,आर्थिक,सामाजिक समानता,समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने सम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
प्रतिक्रिया दिनुहोस !