कोशी प्रदेश बिरुद्धको आन्दोलनमा प्रहरीको कुटाइबाट घाइते लिम्बुको मृत्यु

सुन्नुहोस्
Powered by
ONE
धरान : कोशी प्रदेश बिरुद्धको आन्दोलनमा घाइते भएका एक आन्दोलनकारीको मृत्यु भएको छ।
गत चैत ५ गते विराटनगरमा कोशी प्रदेश खारेजीको माग गर्दै आन्दोलनमा सहभागी लिम्बुवान भोलन्टियर्स केन्द्रीय सिनियर कमान्डर पदम लिम्बू लाजेहाङको शुक्रबार मृत्यु भएको हो।
आन्दोलनमा गम्भीर घाइते भएका लाजेहाङको उपचारका क्रममा शुक्रबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको संघीय लिम्बुवान पार्टीका सुनसरी अध्यक्ष अमर इजमले बताए। उनी आन्दोलनमा सुरक्षाकर्मीको कुटाइबाट गम्भीर घाइते भएका थिए।
उनले लाजेहाङ्को मृत्युले पार्टीलाई अपुरणीय क्षति पुगेको बताए। प्रदेश १ सरकारले कोशी प्रदेश नामाकरण गरेपछि पहिचान पक्षधर दल र विभिन्न जातिय सस्थाले विराटनगरमा आन्दोलन गर्दै आएका छन्।
मोरङको लालभित्ती घर भएका उनी धरान-१५ मा बस्दै आएका थिए।
प्रतिक्रिया दिनुहोस !
