गुल्मीमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु

गुल्मीमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु
सांकेतिक तस्बिर।
सुन्नुहोस्

गुल्मी : गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा २९ वर्षीय युवाको ज्यान गएको छ भने एकजना घाइते भएका छन् । बिहिबार राती गुल्मीदरवार गाउँपालिका–३ म्यालपोखरी स्थित तम्घास रिडी सडक खण्डमा लु ३५ प ५४८४ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । 

दुर्घटनामा गुल्मीदरवार गाउँपालिका–३ राजाका २९ वर्षीय अनिलराज घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक शकर पोखरेललले जानकारी दिए । मृतक घर्तीको टाउकोमा चोट, कान र नाकबाट रगत बगेको अवस्थामा उद्दार गरेर गुल्मी अस्पताल तम्घासमा ल्याइएको थियो । 

उपचारको क्रममा मृत्यु भएपछि उनलाई अस्पतालले मृत घोषणा गरेको थियो । त्यस्तै दुर्घटनामा गुल्मीदरवार गाउँपालिका–४ भट्टेचौरका ३१ वर्षका यम बहादुर सुर्यवंशी घाइते भएका छन् । उनको बाँया खुट्टामा चोट लागेकाले मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ ।

१ सय ५० सिसिको पल्सर मोटरसाइकल गौडाकोटबाट बिरवासतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भएर सडकबाट करिब ३० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । मृतक घर्तीको शव पोस्टमार्टमका लागि गुल्मी अस्पतालको शवगृहमा राखिएको छ ।   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.