विश्वासको मत माग्दै मुख्यमन्त्री जमकट्टेलले भने- विकासका लागि स्थिर सरकार बनाऔं

विश्वासको मत माग्दै मुख्यमन्त्री जमकट्टेलले भने- विकासका लागि स्थिर सरकार बनाऔं
सुन्नुहोस्

हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले प्रदेश सरकारलाई स्थिरता प्रदान गर्नका लागि विश्वासको मतको पक्षमा मतदान गर्न सांसद्हरूलाई आग्रह गरेका छन्।

प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले साँच्चै स्थिरता र विकास चाहेको हो भने, आफ्नो नेतृत्वको सरकारलाई निरन्तरता दिन सबैले विश्वासको मत दिनुपर्ने उल्लेख गरे। 

‘जसरी माघ ३ गते नेपाली कांग्रेसले विश्वासको मत दिएको थियो। त्यसैगरी आज नेकपा एमाले र राप्रपालगायत दलका माननीयज्युहरूले सोच्नुपर्ने बेला भएको छ। हामीले साँच्चै स्थिरता चाहेको हो। साँच्चै विकास चाहेको हो भने सरकारलाई स्थिरता दिऔँ। नयाँ संस्कारको सुरुवात गरौं,' उनले भने। 

उनले गठबन्धन परिवर्तन हुँदैमा राजनीतिक कोर्ष नबदलिने उल्लेख गरे। उनको सम्बोधन अघि नेकपा एमालेबाट सरकारमा रहेका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, एकलाल श्रेष्ठ (श्रम रोजगार तथा यातायात मन्त्री), केशवप्रसाद पोखरेल (कृषि पशुपन्छी विकासमन्त्री) र रामेश्वर श्रेष्ठ (स्वास्थ्यमन्त्री) ले राजीनामा बुझाएका थिए। 
एमालेले मुख्यमन्त्री जम्मकट्टेलको पक्षमा विश्वासको मत नदिने र आफूहरू सशक्त प्रतिपक्षमा रहने समेत उल्लेख गरेको थियो। सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी यसअघि नै सरकारबाट अलग भइसकेको थियो। गएको फागुन १३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट राप्रपा अलग भएपछि जम्कट्टेलले यही चैत ८ गते प्रदेशसभाबाट विश्वासको मत लिने कार्यक्रम तय भएको थियो। 

नेपाली कांग्रेस सहभागी नभएपछि बैठक आजको लागि सारिएको हो।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.