सहिद पन्त स्मृति पुस्तकालय शिलान्यास

सहिद पन्त स्मृति पुस्तकालय शिलान्यास
सहिद पन्त स्मृति पुस्तकालयको भवन शिलान्यास गर्दै पूर्वमन्त्री।  धनबहादुर भण्डारी
सुन्नुहोस्

उनको जीवनी र शिक्षाप्रतिको लगावबाट समाज रूपान्तरणका लागि पुस्तकालय स्थापना गर्न लागिएको पूर्व सामाजिक विकासमन्त्री गोविन्दराज बोहराले बताए।

डडेल्धुरा : किसान नेता भनेर चिनिने स्वर्गीय सहिद भीमदत्त पन्त स्मृति पुस्तकालय निर्माण गर्न उनको जन्मथलोमा शिलान्यास गरिएको छ। डडेल्धुरा अमरगढी नगरपालिका– २, कारिगाउँमा सहिद भीमदत्त पन्त स्मृति पुस्तकालय शिलान्यास गरिएको हो।

२० लाख रुपैयाँ रकम रहेको पुस्तकालय भवनको सहिद भीमदत्त पन्तको जन्मघर रहेको कारिगाउँमा नै शिलान्यास गरिएको हो। बुधबार नेपाली कांग्रेसका नेता एवं सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकास मन्त्री गोविन्दराज बोहराले पुस्तकालयको शिलान्यास एक कार्यक्रमका बीच गरेका हुन्। सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले उक्त पुस्तकालयका लागि रकम छुट्ट्याइएको र भवन बनाउन शिलान्यास गरिएको वडाध्यक्ष हेमराज पन्तले बताए।

सामाजिक मन्त्रालयले १५ लाख रुपैयाँ थप रहेकाले उक्त रकमले पुस्तकालयभित्र ई–लाइब्रेरी बनाउने योजना रहेको वडाध्यक्ष पन्तले जानकारी दिए। सहिद पन्तको सम्झनामा पुस्तकालय निर्माण गर्न लागेको उनको भनाइ छ।

कुनै पनि क्रान्ति होस् वा आन्दोलन होस्। त्यसका लागि शिक्षा जरुरी रहेको छ भन्ने सिद्धान्त सहिद पन्तको थियो। उनले भने, सहिद पन्तको सिद्धान्तलाई आत्मसात् गर्न पुस्तकालय निर्माणको प्रक्रिया थालिएको हो।

अन्याय सामाजिक भेदभाव सहन नसक्ने भीमदत्त पन्तले २००७ सालदेखि आन्दोलनको सुरुवात गरेको इतिहास छ। गरिब दलित जनजाति किसानहरूलाई संगठित गरी राणा विरोधी आन्दोलनमा समेत भीमदत्त पन्तको ठूलो भूमिका रह्यो। आन्दोलनकै बेला उनले अमरगढी–२ कै बिरखममा संस्कृत विद्यालयको स्थापना गरेको कुरा उनको प्रकाशित जीवनीमा उल्लेख गरिएको छ। सोही विद्यालय अहिले त्रिपुरासुन्दरी आधारभूत विद्यालयका रूपमा स्थापित भई सञ्चालनमा छ।

 उनको जीवनी र शिक्षाप्रतिको लगावबाट समाज रूपान्तरणका लागि पुस्तकालय स्थापना गर्न लागिएको पूर्व सामाजिक विकासमन्त्री गोविन्दराज बोहराले बताए।

सहिद पन्तले आजभन्दा सात दशकपहिले जातीय भेदभाव अन्त्य गर्ने मुद्दा उठान गरेको र उहाँ एक सामाजिक क्षेत्रका अभियानकर्ता मात्रै नभई सामाजिक क्रान्तिकारी योद्धा भएकाले उनको जीवनीसमेत उजागर हुने गरी पुस्तकालय स्थापना गर्न लागिएको पूर्वमन्त्री बोहराले बताए। सहिद पन्तले आफ्नो जीवनको कलिलो उमेरमा नै हत्या गरिएको कुरा स्मरण गर्दै नेता बोहराले भने, स्वर्गीय पन्तले २८ वर्षको उमेरमा नै उनले किसानको पक्षमा लागि शोषक र सामन्त वर्गको हितमा उदाहरणीय काम गरिसकेका थिए। सादगी समाजसेवीका रूपमा परिचित स्व.पन्तले तमसुक आन्दोलन घरबाट नै सुरु गरेको र बाहुन, क्षत्री, दलितको सहभोज गाउँमा नै सामूहिक रूपमा राख्नलगाई सामाजिक क्रान्तिमा अग्रसर बनेका जनाए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.