दस वर्षपछि कराते महासंघको महाधिवेशन चितवनको पटिहानीमा

दस वर्षपछि कराते महासंघको महाधिवेशन चितवनको पटिहानीमा
सुन्नुहोस्

२०६९ साउनमा तत्कालीन सदस्यसचिव युवराज लामाले दावा गुरुङको नेतृत्वमा महासंघ गठन गरेपछि कराते विवाद सुरु भएको थियो । उनै लामाले  नै १० वर्षपछि  करातेमा एकता र आगामी कार्यदिशाको मार्ग कोर्ने जिम्मेवारी लिएर महाधिवेशन गरेका हुन्।

चितवन : दस वर्षदेखि तदर्थ समितिको भरमा चलेको नेपाल कराते महासंघको अधिवेशन चितवनमा सुरु भएको छ। महाधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले कराते संघ संस्थागत हुने बताए । 

उनले नीतिगत निर्णय गर्न र क्षमता बढाउन सरकार प्रयत्नशील रहेको बताए। सबैभन्दा बढी खेल क्षेत्रको विकास र खेलाडीको भविस्यको लागि सरकार इमान्दार छ', उनले भने, 'सरकार खेल र खेलाडीको विकासको लागि सहयोग गर्न तत्पर रहेको छ  । सरकारले यसलाई बढी महत्त्व दिएको छ ।' आफूले खेलाडीको प्रोत्साहनका लागि प्राथमिकता दिएको बताए ।   

नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले कराते  ब्यापार नभइ राज्यको अभिन्न अंग रहेको बताउँदै आत्म समीक्षा   गरेर अघि बढ्नु पर्ने बताए ।  

पटिहानीमै महाधिवेशन गर्नका लागि वडा नम्बर २२ का वडा विष्णुराज महतोले सहजीकरण गरेका हुन् ।  वडा अध्यक्ष  महतोले भने खेलको माध्यमबाट पर्यटन प्रवर्द्धन हुने कार्यक्रम सफल बनाउन लागेको बताए ।  

२०६९ साउनमा तत्कालीन सदस्यसचिव युवराज लामाले दावा गुरुङको नेतृत्वमा महासंघ गठन गरेपछि कराते विवाद सुरु भएको थियो । उनै लामाले  नै १० वर्षपछि  करातेमा एकता र आगामी कार्यदिशाको मार्ग कोर्ने जिम्मेवारी लिएर महाधिवेशन गरेका हुन्।

गत माघ १२ गते राष्ट्रिय खेलकुद परिषदले  पूर्व सदस्यसचिव लामाको नेतृत्वमा  २१ सदस्यीय तदर्थ समिति बनाएको थियो ।  ९० दिनभित्र निर्वाचन गर्ने म्यान्डेट दिएको थियो । स्थानीय तहदेखि प्रदेशसम्मको अधिवेशन सकेर महाधिवेशन गरिएको हो । ७६ जना मताधिकारप्राप्त प्रतिनिधिसहित ८० जना महाधिवेशनमा सहभागी छन् ।  

कराते महासंघको तदर्थ समितिका २१ जना, सात प्रदेशबाट ५–५ जनाका दरले ३५ जना तथा महासंघमा आवद्ध चार विधाहरु (सितोरियो, गोजुरियो, वादुरियो र सोतोकान) करातेबाट ५–५ का दरले २० गरी कुल ७६ जनाले नयाँ कार्यसमितिका लागि मतदान गर्न पाउँछन् ।

करातेको नयाँ विधानअनुसार २५ सदस्यीय कार्यसमिति रहनेछ । तीमध्ये हरेक प्रदेशबाट १–१ गरी सातजना केन्द्रीय सदस्यलाई सम्बन्धित प्रदेशले नै चयन गरेर पठाउनेछ । अध्यक्ष, ७ उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र ७ जना सदस्यको चयन साधारणसभाले गर्नेछ । कार्यसमितिमा कम्तिमा २ जना महिला हुनुपर्छ ।

सितोरियो, गोजुरियो, वादुरियो र सोतोकान विश्व फेडेरेसन (डब्लूकेएफ)ले मान्यता दिएका करातेका चार विधा हुन् । २०३८ सालमा सितोरियो करातेमार्फत नेपालमा यो खेलको सुरुवात भएको हो । लामाका अनुसार राखेपमा सोतोकानका ९, गोजुरियोका ६, वादुरियोका ४ र सितोरियोका ३ संघ दर्ता छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.