लेखक बसन्ती शाहीद्वारा लिखित पुस्तक 'समय सकस’ लोकार्पण

लेखक बसन्ती शाहीद्वारा लिखित पुस्तक 'समय सकस’ लोकार्पण
सुन्नुहोस्

वीरेन्द्रनगर : लेखक बसन्ती शाहीद्वारा लिखित पुस्तक 'समय सकस'को लोकार्पण गरिएको छ। 

कर्णाली प्रदेश लोक सेवा आयोगकी सदस्य समेत रहेकी सामाजिक अभियान्ता एवं लेखक बसन्ती शाहीले कोरोना कालको झल्काउने पुस्तक 'समय सकस'को शनिबार सुर्खेतमा लोकार्पण गरिएको हो। 

कर्णाली प्रदेश लोकसेवा आयोगका सदस्य भक्तबहादुर थापाको अध्यक्षता तथा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीको प्रमुख आतिथ्यतामा उक्त पुस्तक 'समय सकस'को लोकार्पण गरिएको हो। 

कार्यक्रममा प्रमुख अथिति प्रदेशका पूर्व मुख्यमन्त्री शाहीले अहिले कोरोनाको सुरुवातीको समयको भयावह अवस्था सामान्य रूपमा लिए पनि त्यस बेलाको अवस्था र कोरोनाकै कारण आफन्त गुमाएका परिवारहरूलाई अहिले पनि त्यसको पीडा जस्ताको तस्तै रहेको बताए। 

उनले भने, 'कोरोना लागेर जितेका र संक्रमित नभएका व्यक्तिहरूलाई कोरोना काल सामान्य लाग्छ। म आफै पनि कोरोना संक्रमित भएर आफूले केही अनुभव गरेको छु। तर कोरोनाका कारण पीडा भोगको र परिवारका सदस्य गुमाएकाहरूलाई यसले ठुलो पीडा दिएको छ।'

उनले कुनै पनि महामारी व्यवस्थापनदेखि समयको व्यवस्थापन पनि उत्तिकै महत्वपूर्ण हुने भन्दै आफूलाई १ मिनेट पनि ढिलो गर्ने छुट नरहेको बताए। उनले भने, 'म सधैं जुनसुकै काम निर्धारित समयमा गर्छु। हरेक कार्यक्रममा तोकिएको समय भन्दा १ मिनेट अगाडि नै पुग्छु। तर धेरै मानिसहरूले समयको ख्याल गर्दैनन्।'

पुस्तकका विषयमा टिप्पणी गर्दै डा.महेन्द्रकुमार मल्लले 'समय सकस' पुस्तकले कोरोना कालमा मानिसहरूले भोगेका पीडाहरू र तथ्य विवरणहरूका साथै विश्वले भोगेको समस्याका विषयमा चित्रण गरेको बताए। 

उनले भने, 'समय सकस' पुस्तकमा कोरोना कालको पीडा मात्र छैन। परिवारको सद्भाव, हाम्रो संस्कृति, अफ्ठ्यारोमा साथ दिनेहरूको कदर, राज्यले मानिसहरूको ज्यान जोगाउने पवित्र मानवीय समवेदनाको कार्यमा तत्कालीन स्वास्थ्य मन्त्रालयको नेतृत्वले चाइनाबाट मेडिकल सामग्री खरिद गर्दा गरेको भ्रष्ट्राचार लगायतका गम्भीर विषयहरू उठाएको छ।' 

मानवीय समवेदनामा जनताको संकटको समयमा गलत आचारण भएका राज्यका सञ्चालकहरूले गर्ने स्वार्थसिद्धि जस्तो अमानवीय कार्यलाई पनि भण्डाफोर गरेको छ। 

लेखक तथा समाजसेवी डा.नवराज केसीले कोरोनाकालमा लकडाउनका ८३ दिनलाई पुस्तक मार्फत हाम्रो जीवनशैली र मानिसहरू दुला पस्दा प्रकृति चलायमान भएको नविनतम विषयवस्तुहरू समेटिएको बताए।

उनले भने, यो पुस्तकले कोरोनाकालमा अस्पतालमा बिरामीको उपचारमा सक्रिय स्वास्थ्यकर्मीको पीडा, बाध्यता, राजनीतिक नेतृत्वले गरेका गम्भीर त्रुटिहरू, तीनै तहका सरकारहरूले गरेका सकारात्मक कार्यहरू लगायतका हामी बाँचेको युगको दस्ताबेजिकरण गरेको छ। यो कुनै कालखण्डमा निकै उपयोगी पुस्तकका रूपमा स्थापित हुनेछ। त्यसैले हरेक घर र संग्रालयमा पनि यो पुस्तक राख्नु आवश्यक छ।' 

उनले यो पुस्तकले कुनै समयमा आत्मनिर्भर रहेको हाम्रो समाज अहिले परनिर्भर हुँदै गएको तथ्यलाई पनि समेटेको बताए। 

उनले भने, 'कर्णालीमा कुनै समय बाटोको बिकास भएको थिएन्। त्यतिबेला हरेक घरमा दुहुनो भैसी, करेसाबारीमा साग, खेतबारीमा अन्नबाली प्रशस्त पाइन्थ्यो। जब गाँउहरूमा बाटो पुगेर गाडी गुड्न थाल्यो। ती गाँउहरूमा अहिले पहिलेको खेती प्रर्णाली हराउँदै जाँदा बजारको सामान खरिद गरेर जीविका चलाउने अवस्थामा पुगेको तीतो यथार्थलाई समेटेको छ।' 

साहित्यकार देवकी तिमिल्सेनाले पुस्तकले हाम्रो समाजमा विभिन्न महामारी सामाना गर्ने सामार्थ्य कति छ भन्ने विषयमा छर्लंग बनाएको बताइन्। 

उनले भनिन्, 'पुस्तक 'समय सकस'ले कोरोनाकालको यथार्थ चित्रणका साथै हरेक परिवार, समाज र राज्यलाई विपद् सामना गर्नका लागि दिशा निर्देश गरेको छ। विपद्का समयमा गलत नियत भएका मानिसहरूले कसरी आफ्नो स्वार्थ पुरा गर्छन् भन्ने कुरा पनि प्रष्ट देखाएको छ। अफ्ठ्यारो परिस्थितिमा आफन्तको प्रेम, साथ र सहयोगले कति आत्मविस्वास बढाउँछ भन्ने कुरा पनि देखाएको छ। यो पुस्तक हरेक चाहाना भएका पाठकहरूका लागि पढ्नका लागि भोक जगाउने पुस्तक बनेको छ।' 

कोरोना पीडित भक्तबहादुर थापाले आफूले कोरोना संक्रमित हुँदा भोगेको समस्या, सुर्खेतदेखि काठमाडौंसम्म उपचारमा सामाना गरेको चुनौती, निरन्तर आत्मविस्वासले सहज रूपमा कोरोनालाई जित्दाको खुसी लगायत कोरोनाकालमा मानिसहरूले भोगेको त्रासका विषयमा चर्चा गरेका थिए। 

कार्यक्रममा लेखक बसन्ती शाहीले कोरोनाकालको त्रास र यथार्थलाई सबैले सहज रूपमा बुझ्न सक्ने गरी पाठक सामु ल्याउने प्रयास गरेको बताइन्। 

उनले भनिन्, 'यो पुस्तक कोरोनाको महामारीको समयमा प्रायः सबै मानिसहरूले भोगेको पीडा समेटिएको छ। हरेक परिवारमा सन्तानहरूले आमालाई सोध्ने सयौँ प्रश्नहरू भएपनि बालाई सोध्ने प्रश्न एउटा मात्र आमा खोई? भन्ने कुरालाई पनि वस्तुपरक रूपमा प्रस्तुत गरिएको छ। मलाई विस्वास छ पाठकहरूबाट राम्रो पृष्ठपोषण हुनेछ।' 

लोकार्पण कार्यक्रममा फ्यूचर नेपालले सहजीकरण गरेको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.