शिक्षकद्वारा विद्यार्थी बलात्कृत

शिक्षकद्वारा विद्यार्थी बलात्कृत
सुन्नुहोस्

जनकपुरधाम : धनुषामा दस वर्षीया बालिका बलात्कृत भएका छिन्। धनुषाको सबैला नगरपालिकास्थित एक निजी विद्यालयका शिक्षकले बालिकामाथि प्रलोभन देखाएर बलत्कार गरेको हो। बालिका बलत्कार गर्ने शिक्षक र बलात्कृत बालिका एउटै विद्यालयमा पढ्ने र पढाउने गरेको पाइएको छ। 

गत मंगलबार स्कुलको टिफिन समयमा शिक्षकले प्रलोभन देखाएर शौचालयमा लगेर बलात्कार गरेको इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ। घटनामा संलग्न अनुसन्धान अधिकृतले शिक्षक रहेका जितेन्द्र यादवले बालिकालाई विभिन्न प्रलोभन देखाएर बलत्कार गरेको प्रमाण भेटिएको जानकारी दिए। 

उनले भने, ‘क्लिनिकको शौचालयमा लगेर बलत्कार गरेको केही व्यक्तिहरूले भिडियो खिचेको छ। भिडियो खिचेर केही व्यक्तिहरूले कारबाहीको लागि गुनासो गर्न स्कुलमा आएपछि घटना बाहिरिएको हो।’

सुरुमा निजी स्कुलका प्रिन्सिपलले घटनालाई मिलाउन खोजेको र पछि घटना नमिल्ने देखेपछि इलाका प्रहरी कार्यालय सबैलामा उजुरी दिएको प्रहरीको भनाइ छ। अनुसन्धान संलग्न अधिकृतले भने, ‘आरोपित जितेन्द्र यादव बालिकाको घर भएको स्थानमा गएर घण्टौ बस्ने र उसको अगाडि पछाडि गर्ने गरेको परिवारलाई पहिल्यै थाहा थियो। यस विषयमा परिवारले स्कुललाई गुनासोसमेत गरेको थियो। स्कुलको रोहवरमा सबैपक्ष मिलेर मिलापत्र भएको थियो।’

इलाका प्रहरी सबैलाका प्रहरी निरीक्षक रामकृष्ण देवकोटाले अभियुक्त घटनापछि फरार भएको तीन दिनपछि पक्राउ परेको बताए। उनले भने, ‘घटना भएकै हामीले जानकारीपश्चात स्कुलमा गयौं। तर हामी पुग्नुभन्दा पहिले नै अभियुक्त फरार भइसकेका थिए। तीन दिनको प्रयासबाट सिरहाको बन्दीपुरस्थित बल्टिया भन्ने स्थानबाट पक्राउ गरेका हौं।’

आरोपित यादवलाई हालः इलाका प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक देवकोटाले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.