बागलुङको पुरानो चैत्राष्टमी मेला सुरु

बागलुङको पुरानो चैत्राष्टमी मेला सुरु
सुन्नुहोस्

बागलुङ : चैते दशैंका अवसरमा बागलुङमा परापूर्वकालदेखि सञ्चालन हुँदै आएको चैत्राष्टमी मेला सोमबारदेखि सुरु भएको छ। 

कालिका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा सोमबारदेखि मेला सुरु भएको हो। कला संस्कृति, स्थानीय उत्पादन, व्यापार धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ मेलाको आयोजना गरिएको गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए।

मेलाको पहिलो दिन भलिबल प्रतियोगिता र लोक दोहोरी गीत प्रतियोगिता सुरु भएको छ। भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले चैत्राष्टमी मेलामा गीत संगीत मात्रै नभइ खेलकुदले महत्वपूर्ण स्थान लिएको कारण मेलाको गरिमा बढेको बताए। 

उनले पुरानो पररम्परागत रूपमा लाग्ने मेलाको स्वरूप परिवर्तन भएकाले आन्तरिक पर्यटक तान्न मेला महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताए।

मेलामा खुल्ला पुरुष भलिबल प्रतियोगिता, राष्ट्रिय लोकदोहोरी गीत प्रतियोगिता सहित छेलो प्रतियोगिता, रथ यात्रा र रमाइलो बाल उद्यान हुनेछन्। खुला पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने टिमले ३ लाख, द्धितियले १ लाख ५० हजार र तृतीयले ७० हजार रुपैयाँ जित्नेछन्। 

सर्वोत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ नगद प्रदान गरिने अध्यक्ष खड्काले बताए। भलिबलमा १३ टिमको सहभागीता रहेको छ। यस्तै राष्ट्रिय लोकदोहोरी गीत प्रतियोगितामा प्रथम हुने समूहले १ लाख ५० हजार, द्वितीयले १ लाख, तृतीयले ७० हजार र सान्त्वना हुने समुहले २० हजार रुपैयाँ पुरस्कार पाउने अध्यक्ष खड्काले बताए। 

लोकदोहोरी गीत प्रतियोगितामा गत वर्षभन्दा पुरस्कार राशी घटेको छ। अध्यक्ष खड्काले गत वर्षमा प्रतियोगीहरूले खाना बस्न आफैं गर्ने गरेकाले पुरस्कार राशी बढिरहेको र अहिले पहिलो चरण पार गर्ने प्रतियोगिहरूलाई खाना र बस्नको व्यवस्थापन गरिएकाले पुरस्कार राशी घटाइएको बताए। यस्तै छेलो प्रतियोगितामा प्रथमले १५ हजार र द्वितीयले ७ हजार ५ सय रुपैयाँ पाउने छन्।

उनले मेलाले कालिका भगवती मन्दिरको ऐतिहासिक धार्मिक एवं सांस्कृतिक गरिमालाई अभिवृद्धि गर्ने अपेक्षा लिइएको बताए। मेलास्थलमा १ सय ८२ वटा व्यवसायिक स्टलहरू रहेको अध्यक्ष खड्काले जानकारी दिए। उनले स्टलहरूमा घरेलु उत्पादनलाई विशेष प्राथमिकता दिइएको बताए।

चैत्राष्टमी मेला सञ्चालन भएपछि देशका विभिन्न स्थानसहित बागलुङ जिल्लाका विभिन्न ठाउँबाट डालो, नाम्लो, डोका, डाली, नाङ्लो, ठेकासहित घरेलु उत्पादनहरू बिक्रीक‍ा लागि व्यापारीहरू आइपुगेका छन्। 

मेलामा ५ लाख आन्तरिक पर्यटक आउने अपेक्षा गरिएको छ। मेला सञ्चालनमा ३० लाख बराबरको खर्च हुने अनुमान गरिएको छ। मेला चैत १७ गतेसम्म सञ्चालन हुनेछ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.