प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार गएका मिटरब्याज पीडित टंगालमै रोकिए
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न बालुवाटार हिँडेका मिटरब्याज पीडित बालुवाटार नजिक टंगालमै रोकिएका छन्।
तराईबाट १२ दिन पैदलै हिँडेर मिटरब्याजीविरुद्ध न्यायको खोजी गर्दै सोमबार काठमाडौं आइपुगेका उनीहरू आज बालुवाटारमा प्रधानमन्त्री दाहाललाई भेटेर आफ्ना समस्या राख्ने तयारीमा थिए।

बालुवाटार निषेधित क्षेत्रमा पर्ने भन्दै प्रहरीले उनीहरूलाई जान नदिएपछि त्यतै रोकिएका हुन्। सप्तरी, सिरहा, धनुषा, महोत्तरीलगायत जिल्लाबाट आएका करिब सय जना पीडित यसपटक न्याय नपाई नफर्किने अडानमा छन्।

सोमबार धर्नाका लागि पीडितहरूले खुलामञ्च प्रवेश गर्दा काठमाडौं महानगरपालिकाले रोकेपछि उनीहरूले खुला आकाशमुनि रात बिताउन बाध्य भए। मिटरब्याजीहरूले उठिबास बनाएको भन्दै उनीहरू हिँडेर न्यायका लागि राजधानी आएका हुन्।





प्रतिक्रिया दिनुहोस !