कामु प्रधान न्यायाधीशलाई बारको १५ दिने अल्टिमेटम

कामु प्रधान न्यायाधीशलाई बारको १५ दिने अल्टिमेटम

काठमाडौं : नेपाल बार एशोसिएशनले  कायममुकायम प्रधान न्यायाधीश हरिकृष्ण कार्कीलाई पूर्ण स्वचालितरूपमा पेसी सूची प्रणाली कार्यान्वयनका लागि १५ दिने अल्टिमेटम दिएको छ। 

बारका अध्यक्ष गोपालकृष्ण घिमिरेको नेतृत्वमा गएको टोलीले कामु प्रधान न्यायाधीश कार्कीलाई आगामी १५ दिनभित्र स्वचालितरुपमा पेसी सूची प्रणाली (अटोमेटेड कज लिस्ट सिस्टम)को व्यवस्था मिलाउन ध्यानाकर्षण गराएको हो। 

२०७८ सालमा कार्कीको संयोजकत्वमा गठित समितिले स्वचालितरूपमा पेसी सूची तोकिने प्रणाली लागू हुनुपर्ने सुझाव दिएको थियो। उक्त प्रणाली लागू नहुँदासम्म गोलाप्रथा (राफल प्रणाली)द्वारा पेसी सूची प्रकाशन गर्नु सुझाएको थियो। गत वर्षदेखि सर्वोच्च अदालतमा गोलाप्रथा (राफल प्रणाली)द्वारा पेसी सूची प्रकाशन हुँदै आएको छ। 

null

बार अध्यक्ष घिमिरेका अनुसार, मुलुकभरका सबै अदालतमा पूर्ण स्वचालित पेसी सूची प्रणालीमार्फत् व्यवस्थापन गर्न आग्रह गरिएको हो। ‘न्यायालय स्वच्छ र सक्षम हुनुपर्छ। गोला प्रणालीमा पनि सन्तुष्ट नभएकाले तत्काल स्वचालित प्रणालीमा जान आग्रह गरेका छौं,’ बार अध्यक्ष घिमिरेले भने, ‘१५ दिने अल्टिमेटम प्रस्तुत गरेका छौं। सो समयावधिभित्र कार्यान्वयनको पहल नगरिए के गर्ने? भन्ने विषयमा सोंच्न बाध्य हुने छौं।’

कामु प्रधान न्यायाधीश कार्कीले बजेटको समस्या दर्साउँदै एकसाताभित्रै सर्वोच्चको फुलकोर्टको बैठक बोलाई कार्यान्वयनको प्रक्रिया अघि बढाउने बताए। बारको गत फागुन १३ र १४ गते वीरगञ्जमा सम्पन्न १५औँ राष्ट्रिय सम्मेलन तथा केन्द्रीय कार्यकारिणी परिषद्को बैठकले घोषणापत्र जारी गर्दै पूर्ण स्वचालित प्रणालीमार्फत पेसी व्यवस्थापन गर्न माग गरेको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.