रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रशासकीय अधिकृतसहित तीनजा घुससहित पक्राउ

रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रशासकीय अधिकृतसहित तीनजा घुससहित पक्राउ
सुन्नुहोस्

भैरहवा : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको शुद्धोधन गाउँपालिका कार्यालयको प्रमुख प्रशासकीय अधिकृतसहित तीनजनालाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । 

गाउँपालिका कार्यालयको चमेना गृहमा प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी,सोही गाउँपालिकाको वडा नम्बर ७ का वडाअध्यक्ष भीमबहादुर यादव र विचौलिया विनोद भरले ५० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बुटवलका सूचना अधिकृत रामकृष्ण अधिकारीले अन्नपूर्ण पोष्टलाई जानकारी दिए ।

गाउँपालिकाका रहेको नदीबाट नदीजन्य पदार्थ उत्खनन् सम्बन्धमा घुस माग गरेको उजुरीको आधारमा उनीहरुलाई घुससहित नियन्त्रणमा लिइएको उनले बताए ।  पक्राउ परेकालाई नियन्त्रण्मा लिएर थप अनुसन्धान भइरहेको अख्तियारको बुटवल कार्यालयले जनाएको छ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.