फेवाताल किनारमा शनिबार एसियन ट्राईयाथलन कप

फेवाताल किनारमा शनिबार एसियन ट्राईयाथलन कप
फेवाताल किनारमा शनिबार हुने एसियन ट्राईयाथलन कप तथा दक्षिण एसियन च्याम्पियनसिप २०२३ का लागि अभ्यास गर्दै खेलाडी।

पोखरा : फेवाताल किनारमा शनिबार एसियन ट्राईयाथलन कप तथा दक्षिण  एसियन च्याम्पियनसिप २०२३ हुँदै छ। ट्राईयाथलनको सम्पूर्ण तयारी पूरा भएको आयोजक नेपाल ट्राईयाथलन संघले जनाएको छ। 

ट्राईयाथलन अन्तर्गत पोखरामा दुई विधा ७५० मिटर पौडी, २० किमि साईक्लिङ र ५ किमि दौडको ट्राईयाथलन र ५ किमि दौड, २० किमि साईक्लिङ र २.५ किमि दौडको दुवाथलन हुने आयोजक नेपाल ट्राईयाथलन संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठले बताए। 

प्रतियोगितामा पुरुष तर्फ नेपाल सहित लक्जम्बर्ग, उज्वेकिस्तान, जापान, उरुग्वे, अष्ट्रिया, अष्ट्रेलिया, काजाकिस्तान, स्लोभाकिया, युएई, प्लोस्टाईन, न्युजिल्याण्ड र भारतका गरि ४७ खेलाडीहरूले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्। 

यस्तै महिला तर्फ जापान, रोमानिया, स्लोभाकिया, उज्वेक्सितान, मरिसस, अलजेरिया, भारत र नेपालका गरि १६ खेलाडीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए। पहिलो दिन १८ गते ट्राईयाथलन र दोस्रो दिन १९ गते दुवाथलनको प्रतिस्पर्धा हुनेछ।

४२ सय डलर कुल पुरस्कार राशी रहेको ट्राईयाथलनमा महिला/पुरुष उपाधि विजेताले मेडल, प्रमाणपत्रका साथ ६३० डलर प्राप्त गर्ने छन्। 

यस्तै दोस्रो हुनेले ५२५ डलर, तेस्रो हुनेले ४२० डलर, चौथोले ३१५ डलर र पाँचौ हुनेले २१० डलरका साथ मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

नेपालमा ८० को दशकमा अन्नपूर्ण ट्राईयाथलनका नाममा अन्तर्राष्ट्रिय ट्राईयाथलन भएको थियो। त्यसलाई निरन्तरता दिन नसक्दा लामो समय सुस्ताएको ट्राईयाथलन खेलको विकास र विस्तार गर्ने उद्देश्यले सन् २०१२ मा संघको विधिवत् स्थापना गरेपछि खेलले केही गति लिन थालेको संघले जनाएको छ। 

सन् २०१३ मा संघले पोखराको वेगनास तालमा पहिलो दक्षिण एसियन च्याम्पिनसिपको आयोजना गरेर नेपालमा ट्राईयाथलन खेललाई निरन्तरता दिने काम गरेका थियो। 

वेगनास ताल परपरको क्षेत्रमा राम्रो सडक पूर्वाधार नभएको कारण पोखराको फेवातालमा प्रतियोगिता सञ्चालन हुँदै आएको संघले जनाएको छ।   

सन् २०१९ मा तत्कालीन अन्तर्राष्ट्रिय ट्राईयाथलन महासंघ (आईटियु) ले नेपाललाई एसिया कप गर्ने स्वीकृति प्रदान गरे पश्चात नेपालले ट्राईयाथलनको खेलले निरन्तरता पाएको हो।

सन् २०१९ मा सुरु भएको एसिया कप कोभिडको कारण २०२० र ०२१ मा हुन सकेन। सन् २०२२ मा पुन आयोजना भएको थियो। यस वर्ष हुन गइरहेको प्रतियोगितामा विदेशी खेलाडीको संख्या पनि बढेको आयोजकले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.