धवलागिरी बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा कंडेल

धवलागिरी बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा कंडेल
सुन्नुहोस्

बागलुङ : बागलुङको धवलागिरि बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) सर्वसम्मत गठन गरिएको छ।

क्याम्पसमा दर्ता भएका १० वटा विद्यार्थी संगठनबीच सर्वपक्षीय सहमतिले शनिबार नेविसंघका सुदिप सागर कंडेलको नेतृत्वमा १९ सदस्यीय स्ववियू कार्यसमिति चयन गरेको हो।

समितिको उपाध्यक्षमा नेविसंघका  दिपक सुवेदी, सचिवमा अनेरास्ववियुका अनिल शर्मा, सहायक सचिवमा अनेरास्ववियु (क्रान्तिकारी)का खिमानन्द कंडेल र कोषाध्यक्षमा नेविसंघका सृष्टि आचार्य चयन भएका छन्। 

त्यस्तै सदस्य प्रत्यक्ष तर्फ नेविसंघका कृष्ण बहादुर  अठारे, सुनिल गौतम, विशाल थापा,  मनोज पौडेल, गणेश प्रसाद आचार्य र सचिन हरिजन,  अनेरास्ववियू (छैठौं)का नगेन्द्र थापा र अनेरास्ववियूका सुनिल पौडेल चयन भएका छन्। 

यस्तै सदस्य समानुपातिक तर्फ अनेरास्ववियुका अस्मिन शेख, नेविसंघका रुपादेवी रोका, अनेरास्ववियू (छैठौं)का रेखा शर्मा, अनेरास्ववियूका तस्लिमा मियाँ, अनेरास्ववियु-क्रान्तिकारी बहुमत)का दिवस खड्का र अनेरास्ववियु (क्रान्तिकारी) विप्लपका सुधन विक चयन भएका छन्।

धवलागिरि बहुमुखी क्याम्पसमा विद्यार्थी संगठनहरू बीच विवाद हुँदा चैत ५ गते निर्वाचन हुनसकेको थिएन। क्याम्पस प्रशासनले चैत ५ गते निर्वाचन गराउन नसकेपछि पुनः निर्वाचनको लागि चैत १८को समय तोकेको थियो।

बागलुङको धवलागिरि बहुमुखी क्याम्पस त्रिभुवन विश्वविद्यालयको एक मात्र आंगिक क्याम्पस हो।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.