धनुषामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
![धनुषामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध](https://annapurnapost.prixacdn.net/media/albums/DSC_1187_FRZGjW16dj_12LpdlHQUi.jpg)
ढल्केवर (धनुषा) : धनुषामा ट्रकले मोटसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका-३ हरिहरपुरस्थित औरही पुलमा ट्रकले ठक्कर दिँदा मोटरसाईकल चालकको घटनास्थलमै मृत्यु भएको हो।
मृत्यु हुनेमा मिथिला नगपालिका-३ हरिहरपुरका मोटरसाइकल चालक अन्दाजी २२ वर्षीय युवराज महतो रहेको प्रहरीले जवनाएको छ।
दुर्घटनापश्चात अहिले पूर्वपश्चिम राजमार्ग पूर्ण रुपले अवरुद्ध भएको छ। दुर्घटनामा घाईते भएका मोटरसाईकल चालकलाई ट्रकले पछाडी गरेर मारेको भन्दै आक्रोशित स्थानीयहरुले अवरुद्ध पारेका हुन्। घटनाको मुचुल्का गरेर शव उठाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)