रामेछाप दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या ५ पुग्यो
![रामेछाप दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या ५ पुग्यो](https://annapurnapost.prixacdn.net/media/albums/accident_20220221115319_IpVq6lk0XZ_3KWHQqGpRq.jpg)
रामेछाप : रामेछापको मन्थली नगरपालिका–७ को कौछिनी (मगर गाउँ नजिक) भएको बलेरो दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार थप मृत्यु हुनेमा मन्थली नगरपालिका–७ कौछिनी का ५० वर्षीय बलेरो चालक दलबहादुर आलेमगर रहेका छन्।
बाँकी रहेका ११ घाइतेमध्ये तीन गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौं लगिएको प्रहरीले जनाएको छ।
कौछिनीबाट मन्थलीसम्म चल्दै आएको उक्त बलेरो आज अपराह्न १६ यात्रु र समान लिएर रामेछापको मन्थली नगरपालिका–७ स्थित कौछिनीतर्फ जाँदै गर्दा ब्रेक फेल भई दुर्घटना भएको जनाइएको छ। रासस
यो पनि पढ्नुहोस
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)