सहकारीका नाममा देखिएका विकृति र बिसंगतिलाई अन्त्य गर्नुपर्छ : माधव नेपाल
काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मिटरब्याज पीडितको समस्या सरकारले समाधान गर्ने बताएका छन्। शुक्रबार समाजवादी सहकारी संगठन नेपालको क्यालेन्डर विमोचन गर्दै अध्यक्ष नेपालले अहिले मिटरब्याज पीडितको अवस्था विकराल भएको भन्दै सरकारको न्यूनतम साझा कार्यक्रममा समेत त्यसलाई सम्बोधन गरिएको बताए ।
त्यस्तै उनले सहकारीका नाममा देखिएका विकृति र बिसंगतिलाई पनि अन्त्य गर्नुपर्ने उल्लेख गरे।
अध्यक्ष नेपालले सहकारी ग्रासरूटको डेमोक्रेसी भएको सहभागिता मूलक लोकतन्त्र भएको भन्दै यसले आममानिसको सर्वसाधारणको हित र जीवनमा काम गर्नुपर्ने बताए ।
उनले मिश्रित अर्थतन्त्रका मान्यता अनुरूप सहकारी निजी र राज्य सम्मिलित ३ खम्बे अर्थतन्त्रलाई संविधानले पनि अगाडि सारेकाले घर घरमा र विदेशमा छरिएका स–साना पूँजीलाई एकीकृत गरी ठूलो आकार निर्माण गरी परिचालन गर्नुपर्नेमा जोड दिए।
प्रतिक्रिया दिनुहोस !