सुदूरपश्चिममा दुई सातामै बढ्यो कोरोना

९७ जना सक्रिय संक्रमित

सुदूरपश्चिममा दुई सातामै बढ्यो कोरोना
नाका आवातजावत गर्दै।

खेतीपाती भित्र्याउने र पर्वको बेला भएकाले मौसमी कामका लागि भारत पसेकाहरू घर फर्कन थालेका हुन्।

धनगढी/महेन्द्रनगर : सुदूरपश्चिममा चैत १० गतेसम्म कोरोना संक्रमितको संख्या शून्य थियो। दुई हप्ता नपुग्दै संक्रमितको संख्या करिब एक सय पुगेको छ। नयाँ वर्ष र बिसु पर्व मनाउन सुदूरपश्चिमेलीहरू छिमेकी भारतबाट धमाधम घर फर्किंदैछन्। भारतमा संक्रमित भएर फर्किनेको संख्या बढ्न थालेपछि सुदूरपश्चिममा पनि कोरोना संक्रमण तीव्र भएको हो। 

सीमा क्षेत्रमा कोरोना पोजेटिभ भेटिएकालाई पनि सिधै घर पठाइन्छ। उनीहरूलाई  होम आइसोलेसनमा बस्न सुझाव दिइन्छ। सार्वजनिक बस चढेरै उनीहरू गाउँ फर्किने गरेका छन्। त्यसकारण गाउँगाउँमा कोरोना फैलिने सम्भावना बढेको छ। कैलालीको गौरीफन्टा नाकामा पछिल्ला १५ दिनमा एन्टिजेन परीक्षणबाट ६१ जनामा कोरोना संक्रमण भेटिएको छ। गौरीफन्टा नाकाको हेल्थ डेस्कका इन्चार्ज गणेशबहादुर साउदले चैत १० गते यता कोरोनाका बिरामीको संख्या बढेको बताए।null

‘हरेक दिन ४/५ जनामा कोरोना पोजेटिभ देखिँदै आएको थियो,’ साउदले भने, ‘बिहीबारबाट दोब्बरले बढेको छ। बिहीबार ४ सय १८ जनाको एन्टिजेन परीक्षणमा ९ जना र शुक्रबार अपराह्नसम्मको २ सय ५४ जनाको एन्टिजेन परीक्षणमा १२ जनामा कोरोना पोजेटिभ देखिएको छ।’ 

कामका लागि भारतका विभिन्न सहरमा रहेका सुदूरपश्चिमका बासिन्दाहरू नयाँ वर्ष र बिसुुुपर्व मनाउन घर फर्किने क्रम बढेको छ। सशस्त्र प्रहरी सीमा सुरक्षा बलको तथ्यांकअनुसार कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाकाबाट दैनिक दुई हजार जना स्वदेश फर्किन थालेका छन्। तर दुवै नाकामा ७/८ सय जनाको मात्रै एन्टिजेन परीक्षण भइरहेको छ।

खेतीपाती भित्र्याउने र पर्वको बेला भएकाले मौसमी कामका लागि भारत पसेकाहरू घर फर्कन थालेका हुन्। कात्तिकमा दसैंतिहार मनाएर गहुँबाली छर्केपछि चार/पाँच महिनाका लागि यहाँका युवाहरू काम खोज्न भारत जाने गर्छन्। उनीहरू नयाँ वर्ष र बिसुुु पर्व मनाउन तथा खेतीपाती भित्र्याउन फर्किन थालेका हुन्। null

कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी र बेलौरी, दार्चुलाको पुलघाट र बैतडीको झुलाघाट नाकामा प्रदेश सरकारले हेल्थ डेस्क राखेको छ। हेल्थ डेस्कमा भारतबाट फर्किनेहरूको एन्टिजेन परीक्षण गरिन्छ।  

‘चैत ९ पछि कोरोनाका संक्रमित भेटिन थालेका हुन्,’ कञ्चनपुरको गड्डाचौकीस्थित हेल्थ डेस्ककी इन्चार्ज प्रति बोहराले भनिन्, ‘भारतबाट फर्किनको संख्या बढिरहेको छ। एन्टिजेन परीक्षण पनि बढाएका छौं।’ लक्षण देखिएकाहरूलाई मात्रै सेती प्रादेशिक अस्पतालमा पठाउने गरिएको गौरीफन्टा डेक्स इन्चार्ज साउदले भने। अहिलेसम्म लक्षण देखिएका भने नभेटिएको साउदले बताए। ‘मास्क र सेनेटाइजर दिएर घर पठाइरहेका छौं,’ उनले भने, ‘घरमै आइसोलेसन बस्न आग्रह गरिरहेका छौं।’ 

भारतबाट फर्किनले कोरोना परीक्षण गर्न नै नमान्ने गरेको गौरीफन्टा नाकाका हेल्थ डेस्कका कर्मचारीहरू बताउँछन्। ‘हामीहरू डेस्कभित्र हुन्छौं, नाकामा रहेका सशस्त्र प्रहरी र नेपाल प्रहरीले डेस्कभित्र पठाई दिनुपर्छ। सीमा नाकामा यात्रु बोक्ने अटो चालकहरूले यात्रुको झोला समातेर लगिदिन्छन्, सबैलाई हतार हुन्छ, त्यसैले भारतबाट फर्केका आधा मानिसहरू पनि परीक्षणको दायरामा आउँदैनन्’ हेल्थ डेस्कका कर्मचारीले भने। कोरोना बढन थालेपछि प्रदेश सरकारले पनि सीमामा सतर्कता अपनाउन थालेको छ। 

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. जगदीश जोशीले सीमा नाकाहरूमा एन्टिजेन कीटहरू पर्याप्त पठाएको बताए। ‘एन्टिजेन कीट, मास्क, सेनेटाइजर पठाएका छौं, डा. जोशीले भने, ‘सीमा नाकामा सचेतना कार्यक्रमहरू गरिरहेका छौं।’null
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.