प्रधानमन्त्री बालेनको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्छ, संसदमा उपस्थित भएर माफी माग्नुपर्छ : बर्षमान पुन

प्रधानमन्त्री बालेनको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्छ, संसदमा उपस्थित भएर माफी माग्नुपर्छ : बर्षमान पुन

काठमाडौं : प्रतिनिधिसभा बैठकको सुरुमै विपक्षी दलका सांसदहरुले सीमाका विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति सदनको रेकर्डबाट हटाउनुपर्ने माग गरेका छन्। उनीहरुले स्वयं प्रधानमन्त्री बालेन शाह उपस्थित भएर माफी माग्नुपर्ने अडान राखेका हुन्।

बैठकमा नेकपाका नेता एवम् पूर्वअर्थमन्त्री बर्षमान पुनले सदनको गतिरोध अन्त्य गर्नको लागि सदन स्थगित गरेर छलफलमा जुट्न आग्रह गरे । सीमाका विषयमा प्रधानमन्त्रीको जवाफमा आफूहरूको अडान कायमै रहेको उनको भनाई छ। 

उनले सदनलाई सुचारु गर्न सत्तारुढ दलबाट विभिन्न प्रस्ताव आएको अवस्थामा केही समय बैठक रोकेर छलफल गर्नुपर्ने बताए। उनले बालेनले भन्न खोजेको के हो स्पष्ट पार्न शंकाको लाभ उपलब्ध गराइरहेको उल्लेख गरे।

विपक्षी दलले निरन्तर उठेर विरोध जनाएपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.